बैशाख २०, नवलपरासी । नवलपरासीको सुस्तालाई भारतीय प्रहरी प्रशासनले पटक पटक हरेक काममा बाधा तथा अवरोध पार्ने गरेको छ । 

त्यसै अनुरुप सुस्तामा ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २०, नवलपरासी । नवलपरासीको सुस्तालाई भारतीय प्रहरी प्रशासनले पटक पटक हरेक काममा बाधा तथा अवरोध पार्ने गरेको छ । 

त्यसै अनुरुप सुस्तामा ज"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सुस्तामा भारतीयको हेपा परिवृत्ति, नेपाली प्रशासन मौन

२० बैशाख २०७४, बुधबार १३:००


बैशाख २०, नवलपरासी । नवलपरासीको सुस्तालाई भारतीय प्रहरी प्रशासनले पटक पटक हरेक काममा बाधा तथा अवरोध पार्ने गरेको छ । 

त्यसै अनुरुप सुस्तामा जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यलय ४ भरतपुर चितवन द्वारा नारायणी नदिमा भइरहेको तटबन्ध कार्यलाई फेरि भारतीय सशस्त्र प्रहरी सिमा बल SSB ले रोक लगाएको छ । 

सुस्तालाई नारायणी नदिको डुबान बाट जोगाउनको लागि भएको तटबन्ध को कामलाई पटक पटक भारतीय सशस्त्र प्रहरी सिमा बलले काम रोक्ने र बिकासको काम जहिले पनि बाधा तथा अवरोध गर्ने गरेको स्थानीयबासीहरुले बताएका छन । 

सो विषयमा स्थानीयबासीहरुले नेपाली प्रहरी प्रशासनलाई खबर गर्दा पनि केही सुनुवाइ नभएको स्थानीयबासीहरुको गुनासो रहेको छ । सुस्ताका स्थानीयबासीहरुले भारतीयको हेपा परिबृती खेप्न परेको छ भने सुस्ताबासीहरुलाई सुरक्षाको अनभुत दिलाउन बसेका सशस्त्र प्रहरी बल र नेपाली प्रहरी प्रशासन मौन रहेको छ ।  


भारतीय सशस्त्र प्रहरी सिमा बल SSB ले तटबन्धको काम गर्न रोक लगाएपछि सुस्ताका स्थानीयबासीहरुले नवलपरासीको क्षेत्र न.६ का माननीय सांसद देवकरण प्रसाद कलवारसंग सो समस्याको समाधान गरिदिनको लागि अनुरोध पनि गरेको थिए । 

स्थानीयबासीको अनुरोध पछी माननीय सांसद कलवार सुस्ता पुग्नु भएको थियो । माननीय सांसद सुस्ता पुगेपछि अवरोध भएको कामको स्थलगत अनुगमन पनि गर्नु भएको र भारतीय सशस्त्र प्रहरी सिमा बल SSB ले सुस्ताका स्थानीयबासीहरुसंग अन्याय अत्याचार गरेको उहाँले बताउनु भयो । साथै सो समस्याको सामाधानको लागि आफुले नेपाली प्रशासनलाई खबर गरेको पनि सांसद कलवारले बताउनु भयो । श्याम थापाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता