४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

पाँच दिने पोषण उन्मुख कृषि तालिम लिवाङमा सम्पन्न

२१ बैशाख २०७४, बिहीबार ०६:३९

बैशाख २१, रोल्पा । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाद्वारा संचालित कृषि तथा खाद्य सुरक्षा आयोजनाद्वारा आयोजित पोषण उन्मुख कृषि (पोषण संवेदन कृषि) तालिम शनिबार सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका पोषण फाँट प्रमुख विरेन्द्र हमालले जानकारी दिनुभयो  । 

उहाँका अनुसार वैशाख १२ गतेदेखि ५ दिनसम्म संचालन भएको उक्त तालिममा जिल्ला समन्वय समिति, खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालयका प्रतिनिधिहरु, कृषि तथा खाद्य सुरक्षा लागु भएका साविक गाविसका स्वास्थ्य चौकी प्रमुखहरु  र जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सनहरु गरी ३० जनाको सहभागिता रहेको थियो । 

उक्त तालिममा खाद्य र पोषण सुरक्षा, पोषण लक्षित तथा सम्वेदनशील कार्यक्रम, कृषि र पोषणको अन्तरसम्बन्ध, आहार विविधता र पोषण लगायतका  विषयमा जिल्ला स्वास्थ्य प्रमुख डा भवानीप्रसाद शर्मा, बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठ, बरिष्ठ पशु विकास अधिकृत गान्धीराज उपाध्याय, पशु विकास अधिकृत धर्मराज गिरी, जनस्वास्थ्य अधिकृत देवराज पाण्डे, जिल्ला प्राविधिक अधिकृत केशवराज सापकोटा,कार्यक्रम फोकल पर्सन देवराज तिमीलसेना लगायतले प्रशिक्षण दिनुभएको थियो । 

कार्यक्रमको उद्घाटन सत्र डा भवानीप्रसाद शर्माको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईको प्रमुख आत्थ्यितामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन देवराज तिमिल्सेनाले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता