२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या संख्या बढ्यो

२०७४, २१ बैशाख बिहीबार ०७:३७

बैशाख २१, रोल्पा । सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा हरेक महिना कम्तीमा दुईजनाले आत्महत्या गर्ने गरेको देखिएको छ । आर्थिक वर्ष २०७१÷७२ मा ४९ जनाले आत्महत्या गरेकामा आव २०७२/७३ मा सो सङ्ख्या वृद्धि भई ६६ पुगेको थियो । 

यसैगरी चालु आवको फागुन मसान्तसम्म जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या ४६ रहेको तथ्याङ्कमा उल्ल्ेख छ । आत्महत्याको प्रकृतिअनुसार झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या धेरै छ । आत्महत्यामध्ये अधिकांश झुन्डिने र विष सेवन गर्ने रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले बताएको छ । 

उमेरको प्रकृतिअनुसार ६० प्रतिशतभन्दा बढी १६ देखि ३० वर्ष उमेर समूहका रहेका छन् । चालु आवमा आत्महत्या गर्नेमध्ये पुरुषको सङ्ख्या वढी रहेको बताइएको छ । गरिबी, बेरोजगारी, वैदेशिक रोजगारी तथा घरायसी द्वन्द्वका कारण आत्महत्या हुँदै आएकोमा जिल्लामा सशस्त्र द्वन्द्वबाट प्रभावितले गर्ने आत्महत्याको दर बढ्न थालेको बताइएको छ । 

सशस्त्र युद्धबाट राज्य र विद्रोही पक्षबाट आर्थिक, सामाजिक, शारीरिक तथा मानसिक समस्या भोगेका व्यक्तिले लामो समय हँुदा समेत न्याय नपाउँदा विरक्तिएर आत्महत्या गर्न बाध्य हुने गरेको बताइएको छ । 

द्वन्द्व प्रभावितका लागि विभिन्न मनोसामाजिक परामर्श दिँदै आएको भएपनि सबै द्वन्द्वपीडितसम्म पुग्न नसक्दा त्यसो हुनसक्ने द्वन्द्वपीडित पूर्ण पुनले बताए । मनोसामाजिक परामर्शका साथै जीविकोपार्जनमा समेत सहयोग नगरे यस समस्या आगामी दिनमा अझै विकराल बन्दै जाने पुनको आँकलन छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी