४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या संख्या बढ्यो

२१ बैशाख २०७४, बिहीबार ०७:३७

बैशाख २१, रोल्पा । सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा हरेक महिना कम्तीमा दुईजनाले आत्महत्या गर्ने गरेको देखिएको छ । आर्थिक वर्ष २०७१÷७२ मा ४९ जनाले आत्महत्या गरेकामा आव २०७२/७३ मा सो सङ्ख्या वृद्धि भई ६६ पुगेको थियो । 

यसैगरी चालु आवको फागुन मसान्तसम्म जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या ४६ रहेको तथ्याङ्कमा उल्ल्ेख छ । आत्महत्याको प्रकृतिअनुसार झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या धेरै छ । आत्महत्यामध्ये अधिकांश झुन्डिने र विष सेवन गर्ने रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले बताएको छ । 

उमेरको प्रकृतिअनुसार ६० प्रतिशतभन्दा बढी १६ देखि ३० वर्ष उमेर समूहका रहेका छन् । चालु आवमा आत्महत्या गर्नेमध्ये पुरुषको सङ्ख्या वढी रहेको बताइएको छ । गरिबी, बेरोजगारी, वैदेशिक रोजगारी तथा घरायसी द्वन्द्वका कारण आत्महत्या हुँदै आएकोमा जिल्लामा सशस्त्र द्वन्द्वबाट प्रभावितले गर्ने आत्महत्याको दर बढ्न थालेको बताइएको छ । 

सशस्त्र युद्धबाट राज्य र विद्रोही पक्षबाट आर्थिक, सामाजिक, शारीरिक तथा मानसिक समस्या भोगेका व्यक्तिले लामो समय हँुदा समेत न्याय नपाउँदा विरक्तिएर आत्महत्या गर्न बाध्य हुने गरेको बताइएको छ । 

द्वन्द्व प्रभावितका लागि विभिन्न मनोसामाजिक परामर्श दिँदै आएको भएपनि सबै द्वन्द्वपीडितसम्म पुग्न नसक्दा त्यसो हुनसक्ने द्वन्द्वपीडित पूर्ण पुनले बताए । मनोसामाजिक परामर्शका साथै जीविकोपार्जनमा समेत सहयोग नगरे यस समस्या आगामी दिनमा अझै विकराल बन्दै जाने पुनको आँकलन छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता