वैशाख, पर्वत । पर्वतको कुस्मा नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार रामचन्द्र जोशीको घरमा बम राखेको आशंकामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  वैशाख, पर्वत । पर्वतको कुस्मा नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार रामचन्द्र जोशीको घरमा बम राखेको आशंकामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मामा बम काण्ड : अनुसन्धानको लागि भन्दै समाचार लेख्ने पत्रकारसहित ४ जना पक्राउ

२२ बैशाख २०७४, शुक्रबार ०२:५५

 वैशाख, पर्वत । पर्वतको कुस्मा नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार रामचन्द्र जोशीको घरमा बम राखेको आशंकामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


बम भेटिएपछि प्रहरीले नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला ईन्चार्ज ओम बहादुर पुन हिमाल जिल्ला सेक्रेटरी अल्बर्ट, जिल्ला सल्लाहकार ओम प्रसाद पन्त, जिल्ला सदस्य यज्ञ गौतम र पत्रकार गोपाल जिसीलाई पक्राउ गरेको हो ।

बिहिबार साँझ जोशीको घरमा भेटिएको शंकास्पद बस्तु बम भएको भन्दै नेपाली सेनाले डिस्पोज गराएको थियो । प्रहरीले पक्राउ गरेका सबैलाई सोधपुछका लागि पक्राउ गरेको र बम राखेको प्रमाणित भएमा आवश्यक कारवाही गरिने बताएको छ ।


जोशीको घरमा बम रहेको भन्दै एक अनलाईनले बुधबार नै समाचार प्रकाशित गरेको थियो । बम भेटिनु भन्दा एकदिन पहिला समाचार प्रकाशित भएको र समाचारमा हालेको फोटो र डिस्पोज गराएको बम एउटै भएकाले घटना शंकास्पद भएको पर्वतका प्रहरी प्रमुख शेखर खनालले बताए ।


पत्रकार जिसीलाई पत्रकारको हैसियतमा नभई घटनामा सग्लन्न रहेको आशंकामा नियन्त्रणमा लिएको खनालले बताए । उता, पत्रकार महासंघ पर्वत शाखाले भने पत्रकार जिसीलाई समाचार लेखेको आधारमा नियन्त्रणमा लिइनुलाई दुःखत भनेको छ । पत्रकार महासंघका सचिव गणेश गिरीले सत्य तथ्य घटनाको छानवीन हुनुपर्ने तर समाचार लेखेको आधारमा कुनै पनि पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिनु स्वतन्त्र प्रेस माथिको हस्तक्षेप भएको बताए । प्रहरी नायव निरिक्षक खनालले भने घटनाको अनुसन्धान गरेपछि मात्रै थप जानकारी दिन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता