आफ्नो संगठनका केन्द्रीय सदस्य गोपाल जिसीलाई प्रहरीले समाचार लेखेकै कारण गिरफ्तार गरेको भन्दै क्रान्तिकारी पत्रकार महासंघले त्यसको घोर भत्र्सना एवम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आफ्नो संगठनका केन्द्रीय सदस्य गोपाल जिसीलाई प्रहरीले समाचार लेखेकै कारण गिरफ्तार गरेको भन्दै क्रान्तिकारी पत्रकार महासंघले त्यसको घोर भत्र्सना एवम"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकार जिसीको गिरफ्तारीको घोर भत्र्सना

२२ बैशाख २०७४, शुक्रबार ०४:१६

आफ्नो संगठनका केन्द्रीय सदस्य गोपाल जिसीलाई प्रहरीले समाचार लेखेकै कारण गिरफ्तार गरेको भन्दै क्रान्तिकारी पत्रकार महासंघले त्यसको घोर भत्र्सना एवम् कडा शब्दमा निन्दा गरेको छ । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउतले एक प्रेस वक्तव्य जारी गर्दै गिरफ्तार पत्रकार जिसीलाई तत्काल रिहाइ गर्न र उनीमाथि ज्यान मार्ने धम्की दिने कांग्रेसी नेतालाई कानुनी दायरामा ल्याएर कारबाही गर्न पनि माग गरेका छन् ।


बिहिबार राती जारी गरिएको वक्तव्यमा भनिएको छ, “हाम्रो संगठनका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका पर्वतका पूर्व उपाध्यक्ष समेत रहेका नवदृष्टि अनलाइनका पत्रकार गोपाल जिसीलाई समाचार लेखेकै कारण अपराधीलाई जसरी बिहिबार राती साढे ११ बजेतिर अनलाइनको समाचार कक्षबाटै प्रहरीले गिरफ्तार गरेको छ । “कांग्रेस नेता रामचन्द्र जोशीको घरमा सकेट बम” शीर्षकको समाचार प्रकाशित भए लगत्तै १९ बैशाखमा अनलाइनको कार्यालयमा छापा मारेर जिसीमाथि अभद्र व्यवहार गरेको प्रहरीले पुनः मध्येरातमा गिरफ्तार गरेर राज्यआतंक खडा गरेको छ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरेको छ । यस घटनाको हाम्रो संगठन घोर भत्र्सना एवम् कडा शब्दमा निन्दा गर्दछ । गिरफ्तार गरिएका पत्रकार जिसीलाई तत्काल रिहाइ गर्न र समाचार लेखेबापत उनीमाथि ज्यानमार्ने धम्की दिने कांग्रेसी नेताहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न पनि हाम्रो संगठन जोडदार माग गर्दछ ।


प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निरंकुशता प्रदर्शन गरेर वर्तमान सरकारले आफैले भन्ने गरेको लोकतन्त्र र कानुनी राज्यको धज्जी उडाएको छ । राज्यको यस्तो चरित्रका विरुद्ध आवाज उठाउन हाम्रो संगठन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सरकोकारवाला संगठनलगायत सबैसँग हार्दिक अपील समेत गर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता