मकरराज धामी/बैशाख २२, बझाङ । पछिल्लो समयमा बझाङमा विभिन्न यातायात व्यवसायिहरुले यात्रुहरुलाई आकर्षण गर्न विभिन्न सुविधा सहितका गाडि संचालनमा ल्याएका छन् ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मकरराज धामी/बैशाख २२, बझाङ । पछिल्लो समयमा बझाङमा विभिन्न यातायात व्यवसायिहरुले यात्रुहरुलाई आकर्षण गर्न विभिन्न सुविधा सहितका गाडि संचालनमा ल्याएका छन् ।&n"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा बडीमालीका यातायातको सुविधायुक्त नयाँ बस सेवा सुरु

२२ बैशाख २०७४, शुक्रबार ११:५६


मकरराज धामी/बैशाख २२, बझाङ । पछिल्लो समयमा बझाङमा विभिन्न यातायात व्यवसायिहरुले यात्रुहरुलाई आकर्षण गर्न विभिन्न सुविधा सहितका गाडि संचालनमा ल्याएका छन् । 

बझाङ देखी  धनगडी सम्मका लागी विभिन्न ५ यातायात व्यवसायि समितिहरुले विहान ६ बजे देखि दिउसो ४ बजे सम्मका लागी सुविधायुक्त बस सेवा दिई रहेका छन् । आज अर्को नयाँ समिति बडी मालीकाले नयाँ सुविधा सम्पन्न बस सेवा सन्चालनमा ल्याएको छ । 

आज एक औपचारीक कार्यक्रमको आयोजना गरी बडी मालीका यातायात ब्यावसायि संघ कैलालीले सेवा सुचारु गरेको हो  । बसमा हिटर,चार्जर फ्रि वाईफाई सहितको सुविधा रहेको छ । यात्रुहरुको पिर मर्कालाई मध्यनजर गर्दै सेवा सुचारु गरेको कार्यक्रमका अध्यक्ष तथा मालीका बस ब्यावसायि संघ धनगडी कैलालीका  महासचिब दिल बहादुर कलौलीले बताउनु भयो । धनगडी बाट बझाङ पुग्न तथा बझाङ बाट धनगडी जानका लागी यात्रुहरुले विच बाटोमा अलपत्र पर्न नपर्ने उहाँले बताउनु भयो । 

बस पार्क बाट ८।१० जना यात्रु भए पनि जाने तर विच बाटोमा यात्रु पुगने भनेर अर्को बसमा बसाल्ने तथा यात्रुलाई नै अलपत्र पार्ने प्रवृतिको अन्त्य गर्न का लागी सेवा सन्चालन गरेको उहाँले बताउनु भयो । 

यस्तै विद्यार्थीलाई छुट गर्ने, गरीब असायय ब्यक्तीलाई विषेश छुट गर्ने समेत आफ्नो संघले नियम बनाएको उहाँले बताउनु भयो । यसको कार्यन्वयन गरीने समेत उहाँको भनाई छ । विच बाटोमा यात्रुहरुलाई बस स्टाफहरुले कुनै न कुनै बहाना बनाएर अफ्टेरो पारेको खण्डमा २४ घण्टा फोन लाईनको सुविधा राखेको बताउदै उहाँले सो  फोनमा सम्पर्क गरेर आफुले परेको पिर तथा असुविधा  बस स्टाफहरुले गरेको दुब्र्यावहार समितीमा गर्नु पर्ने र त्यस्ता स्टाप तथा बस मालीकहरुलाई समीतीले कार्वाही गर्ने समेत बताउनु भयो । 

बडी मालीकाले बझाङ बाट धनगडी कैलाली सम्मका लागी विहान एक बस र बेलुका एक बस सेवा सुचारु गरेको छ ।  अब बझाङ बाट सुदुरपश्चिम यातायात, महाकाली यातायात, पवनदुत यातयात, कर्णाली रिभर यातायात, र उग्रतार यातायात, र बडीमालीका यातायात गरी ६ वटा बस ब्यावसायि समीतीका बसहरु सन्चालनमा आएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता