श्याम थापा/बैशाख २२, नवलपरासी । नवलपरासीमा सर्पको टोकाइबाट एकजनाको ज्यान गएको छ ।
सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा अन्तर्गत रतनगन्ज बस्ने ४५ बर्षीय बलबिर नटलाई शुक्रबार दिउँसो १२ बजे गोवन सर्पले टोक्दा नको मृत्यु भएको हो ।
सर्प देखाई गाउँ घरमा माग्दै हिड्ने र आफ्नो परिवारको छाक टार्ने गर्दथे । सधै झैँ उनि आज पनि सर्प लिएर गाउँ-गाउँ देखाउदै हिड्ने र माग्ने क्रममा बलबिरलाई आफैले पालेको सर्पले टोकेको थियो ।
सर्पले टोकेपछी उनलाई उपचार गर्न बिनय त्रिबेणी गाउँपालिकाको त्रिबेणीमा रहेको बज्रदल गणमा उपचार भैरहेको थियो । बलबिर नटको उपचार क्रममा नै त्रिबेणीमा रहेको बज्रदल गणमा मृत्यु भएको उनको परिवारले जनाएका छन ।