कविता उपाध्याय/बैशाख २३, रोल्पा । आफू, आफ्नो परिवार र देश स्वस्थ राख्नका लागि रोल्पाका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराई, विभिन्न राजनीतिक दलका प्रमुख त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/बैशाख २३, रोल्पा । आफू, आफ्नो परिवार र देश स्वस्थ राख्नका लागि रोल्पाका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराई, विभिन्न राजनीतिक दलका प्रमुख त"/>

२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जाँड, रक्सी र चुरोट नखान रोल्पाका प्रजिअसहित प्रतिबद्ध

२०७४, २३ बैशाख शनिबार ०३:१८


कविता उपाध्याय/बैशाख २३, रोल्पा । आफू, आफ्नो परिवार र देश स्वस्थ राख्नका लागि रोल्पाका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराई, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवम् सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी तथा पत्रकारले बिहीबारदेखि चुरोट, बिँडी, जाँड रक्सी तथा सुर्तीजन्य कुनै पनि किसिमका मादकपदार्थ सेवन नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा रोल्पाको लिबाङमा ‘मेरो वर्ष २०७४, म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान शुभारम्भ कार्यक्रमका सहभागीले दायाँ हात छातीमा तथा बायाँ हात शिरमाथि राखेर ‘म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु । म नियमित स्वास्थ्य परीक्षण गराउँछु तथा म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ भनेर प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रजिअ डा डिजन भट्टराईले एकै साथ सबैलाई प्रतिबद्धता व्यक्त गराउनुभएको थियो । 

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा भवानीप्रसाद शर्माले सुर्तीजन्य पदार्थको सेवन लत लाग्ने विश्व महामारी तथा घातक पदार्थ भएको बताउनुभयो । उहाँका अनुसार नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण प्रत्येक वर्ष १५ हजारभन्दा बढी मानिसको मृत्यु भइरहेकोे छ ।

डा शर्माका अनुसार विश्वमा नसर्ने रोगका जोखिम तत्वका कारण हुने मृत्यु सुर्तीजन्य पदार्थ सेवनको कारणबाट १० प्रतिशत, शारीरिक अभ्यासको कमीको कारणबाट ६ प्रतिशत, मदिराको हानिकारक सेवनको कारणबाट चार प्रतिशत, उच्चरक्तचापको कारणबाट १८ प्रतिशत, रगतमा चिनी बढी (मधुमेह)को कारणबाट ६ प्रतिशत, मोटोपना वा बढी तौलको कारणबाट पाँच प्रतिशत तथा अस्वस्थ खानाको प्रयोगबाट ५३ लाख र रगतमा चिल्लोपना बढी हुँदा ४४ प्रतिशत रहेको छ । 

यसरी सुर्तीजन्य पदार्थ सेवनका कारण मानिसको फोक्सो, मुख, घाँटी, रगत, पेटको क्यान्सर, मुटुसम्बन्धी रोग, दमखोकी, क्षयरोग, निमोनिया र दीर्घ श्वासप्रश्वास अवरोधसम्बन्धी रोग, मधुमेहको सम्भावना बढाउने, पेटमा घाउ हुने, कपाल झर्ने, श्रवणशक्ति कमजोर हुने, आँखाको दृष्टिशक्ति कमजोर हुने, छाला चाउरी पर्ने र नङ पहेँलो हुने, दाँत, गिजा बिग्रने तथा हाड कमजोर हुने गरेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार सुर्तीजन्य पदार्थ सेवनका कारण यस्ले फोक्सोलाई डढाउँछ तथा रोगी बनाउ‘छ । सुर्तीजन्य पदार्थ सेवन रोक्न सकिने मानव मृत्युको कारण भएको डा शर्माको भनाइ छ । यो गरिबी, अशक्तता, रोग र मृत्युका लागि मन्द विष भएको उहाँले बताउनुभयो । 

“सुर्तीजन्य पदार्थको सेवन लत लाग्ने विश्व महामारी हो । यसमा पाइने निकोटिनले मानिसको मस्तिष्कमा असर गरी लत बसाउने गर्दछ र तलतल लगाउँछ”, उहाँले भन्नुभयो । 

नेपालका ४८.१ पुरुष र १४.१ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको उहाँको भनाइ छ । तर पनि धुम्रपानमा चार हजारभन्दा बढी प्रकारका रासायनिक पदार्थ हुन्छन् । यसतर्फ कसैको ध्यान जान सकिरहेको छैन । 

यस्तै, कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले सहभागीलाई सुर्तीजन्य पदार्थ सेवन नगर्ने, मदिरा सेवन नगर्ने, नियमित व्यायाम गर्न, स्वस्थ र पोषिलो खाना खान, नियमित स्वास्थ्य परीक्षण गराउने तथा आफ्नो परिवार र समुदायको स्वास्थ्यका लागि सदैव सजग र प्रतिबद्ध हुने लगायतका सुझाव दिनुभएको छ । 

जुनसुकै मात्रामा रक्सी सेवन गरेपनि यसले स्वास्थ्यलाई कुनै किसिमको फाइदा नगर्ने उहाँले बताउनुभयो । रक्सी पिउँदा स्वास्थ्यलाई बेफाइदा त हुन्छ नै, साथै खर्च पनि बढ्ने भएको हुँदा यो कुलतबाट बच्न सबैलाई उहाँको सुझाव छ । 

कार्यक्रममा प्रजिअ डा भट्टराईले अस्वस्थ जीवन शैलीमा परिवर्तन नहुँदा भयावह अवस्था आउन सक्ने भएको हुँदा आजैदेखि यदी कोही कसैमा माथि उल्लिखित कुराको लत लागेको भए छाड्नुपर्ने सुझाव दिनुभयो । उहाँले अभियानले रातारात परिवर्तन नहुने भएको हुँदा बिस्तारै सबै लाग्नुपर्नेमा जोड दिनुभयो । रोल्पा जिल्लामा भर्खरै मात्र सुरु हुन लागेको यो अभियानको प्रशंसा गर्दै सबै जिल्लावासीको साथ र सहयोग रहेमा यो अभियान सफल पार्न सकिने उहाँको भनाइ छ ।

यस्तै, कार्यक्रमका एक सहभागीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एकातिर विभिन्न किसिमका मादकपदार्थ निर्माण गर्नका लागि फ्याक्ट्री खुलिरहने र अर्काेतिर न्यूनीकरणको प्रयास थाल्ने राज्यको दोहोरो नीति भएको गुनासो गर्नुभयो । 

जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका खाद्य सुरक्षा फोकल पर्सन देवराज तिमिल्सिना र पोषण फाँट प्रमुख वीरेन्द्र हमालले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा