२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

असिनापानीसँगै परेको चट्याङले एकको मृत्यु, अन्नबालीमा लाखौँको क्षति

२०७४, २३ बैशाख शनिबार १६:४९

बैशाख २३, खोटाङ | असिनापानीसँगै परेको चट्याङ लागेर खोटाङमा एकजनाको मृत्यु भएको छ । आज दिउँसो परेको चट्याङ लागेर रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४३ वर्षीय शेरबहादुर कटवालको मृत्यु भएको हो । 

घरमा बसिरहेका कटवाललाई चट्याङ लागेपछि जिल्ला अस्पताल दिक्तेलमा ल्याएर उपचार गर्ने क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो । मृत कटवालको शव परीक्षणका लागि अस्पतालको शव परीक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ । 

पानीसँगै परेको असिनाले जिल्लामा लाखौँको क्षति पुर्याएको छ । लेकाली क्षेत्रमा फल्दै गरेको आलु र गोड्ने बेलाको मकै, बेँसी क्षेत्रमा पाक्न लागेको गहुँ तथा तरकारी बालीमा क्षति पुगेको कृषकले बताएका छन् । 

असिनापानीले जिल्लामा ठूलो क्षति पुर्याए पनि क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । क्षति विवरण सङ्कलन गर्न भोलि आइतबारबाटै प्राविधिक टोली परिचालन गर्ने कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट