५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

असिनापानीसँगै परेको चट्याङले एकको मृत्यु, अन्नबालीमा लाखौँको क्षति

२३ बैशाख २०७४, शनिबार १६:४९

बैशाख २३, खोटाङ | असिनापानीसँगै परेको चट्याङ लागेर खोटाङमा एकजनाको मृत्यु भएको छ । आज दिउँसो परेको चट्याङ लागेर रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४३ वर्षीय शेरबहादुर कटवालको मृत्यु भएको हो । 

घरमा बसिरहेका कटवाललाई चट्याङ लागेपछि जिल्ला अस्पताल दिक्तेलमा ल्याएर उपचार गर्ने क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो । मृत कटवालको शव परीक्षणका लागि अस्पतालको शव परीक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ । 

पानीसँगै परेको असिनाले जिल्लामा लाखौँको क्षति पुर्याएको छ । लेकाली क्षेत्रमा फल्दै गरेको आलु र गोड्ने बेलाको मकै, बेँसी क्षेत्रमा पाक्न लागेको गहुँ तथा तरकारी बालीमा क्षति पुगेको कृषकले बताएका छन् । 

असिनापानीले जिल्लामा ठूलो क्षति पुर्याए पनि क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । क्षति विवरण सङ्कलन गर्न भोलि आइतबारबाटै प्राविधिक टोली परिचालन गर्ने कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता