२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

कानुनी दायरामा आएनन् रोल्पाका ट्युसन सेन्टर

२०७४, २४ बैशाख आईतवार ०३:१९

बैशाख २४, रोल्पा । पटक पटक सार्वजनिक सूचना गर्दासमेत रोल्पाका कुनै पनि ट्युसन सेन्टर कानुनी दायरामा आएका छैनन् । 

जिल्ला शिक्षा कार्यालय, रोल्पाले कानुनी दायरामा नआई अवैध ढङ्गले सञ्चालन भएका ट्युसन सेन्टरलाई कानुनी दायरामा आउन सार्वजनिक सञ्चारमाध्यमबाट सूचना प्रकाशित गरेको भए पनि हालसम्म कुनै पनि ट्युसन सेन्टर कानुनी दायरामा नआएको जिल्ला शिक्षा अधिकारी, चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । 

कार्यालयले गरेको आग्रहलाई अटेर गरी जबर्जस्ती ट्युसन सेन्टर सञ्चालन गर्नेउपर कानुनी कारबाही गरिने पौडेलले बताउनुभयो । 

कानुन विपरीत मनोमानी ढङ्गले सञ्चालनमा आएका यस्ता ट्युसन सेन्टरले कुनै मापदण्डबिना नै आफूखुसी शुल्क उठाउँदै गरिब विद्यार्थीको ढाड सेक्ने काम गरेको विद्यार्थीले आरोप लगाएका छन् । 

केही दिनअघि जिल्लामा क्रियाशील विद्यार्थी सङ्गठनले निजी विद्यालयले मनोमानी ढङ्गले वृद्धि गरेको शुल्क घटाउनु पर्ने, गैरकानुनी ढङ्गले सञ्चालन भएका ट्युसन सेन्टरलाई कानुनी दायरामा ल्याउनु पर्नेलगायतका माग राखी आन्दोलनमा उत्रिएका थिए । 

जिल्ला शिक्षा कार्यालय, रोल्पा विद्यार्थीका ती माग पूरा गर्न सहमत भएपछि आन्दोलन स्थगित भएसँगै जिल्ला शिक्षा कार्यालयले कानुनी दायरामा आउन ट्युसन सेन्टरलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको बताइएको छ । 

जिल्लामा दर्जनौँ ट्युसन सेन्टर अवैध ढङ्गबाट सञ्चालन भइरहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी