५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा म्यादी प्रहरीद्वारा गाउँले कुटिए, गाडीसमेत तोडफोड

२५ बैशाख २०७४, सोमबार ११:५०


बैशाख २५, प्यूठान । मदिरा सेवन गरी लठ्ठिएका म्यादी प्रहरीले गौमुखी गाउँपालिका वडा नं. ५ खुङमा गाउँलेहरुलाई कुटपिट गरेका छन् । 

शनिवार रातीको समयमा सुतीरहेका स्थानीयलाई कुटपिट गरेका उनीहरुले पार्किङ गरी राखेका सवारी जिपमा समेत तोडफोड गरेका छन् । शनिवार राती भएको घटना भने प्रहरीले बाहिर ल्याएको छैन ।

मदिरा सेवन गरी स्थानीयलाई कुटपिट गर्नेहरु शिशिर मल्ल, किशोर मल्ल, राजेन्द्र केसी, रमेश मल्ल र शरद मल्ल हुन् । यी मध्ये किशोर र शरद स्थानीय तह निर्वाचनका लागि भर्ना भई तालिमका लागि गाउँ गएका म्यादी प्रहरी हुन् ।

उनीहरुले गौमुखी गा.पा. ५ नं वडा निवासी पुना केसी, लोक बहादुर थापा र अस्मिता थापालाई कुटपिट गरेका हुन् । पुनाको घरमा झगडा गरीरहेका बेला छुट्टाउन भनी गएका थापाका श्रीमान श्रीमतीलाई पनि २ जना म्यादी सहित अन्य ३ जनाले घरमै कुटपिट गरेका हुन् ।

उनीहरुलाई निर्घात कुटपिटमा संलग्न युवाहरुले नजिकै पार्किङ गरी राखेको लु १ ज २०२४ नं. को सवारी जीपमा समेत तोडफोड गरेका छन् । बाटोमा फालेका बियरका बोतल र ढुङ्गा प्रहार गरी उनीहरुले गाडीको सिसा, लुकिङ ग्लास लगायतमा तोडफोड गरी क्षति पु¥याएको गाडी धनी लक्ष्मण गिरीले बताए ।

घटनामा म्यादी प्रहरी संलग्न रहेको थाहा भएपछि प्रहरीले सो घटना बाहिर ल्याउन चाहेको छैन । अनुसन्धानका लागि जिल्ला प्रहरीमा ल्याएका उनीहरुको नाम र वास्तविकता बारे सोधपुछ गर्न खोज्दा इन्पेक्टर नृप बहादुर बोहोराले संचारमाध्यमलाई खबर र सुचना दिन मानेनन् । प्रहरीको कन्ट्रोल नं. १०० मा समेत सोधपुछ गर्न खोज्दा सुचना दिन आनाकानी गरेका छन् ।

सोमवार दिउँसो जिल्ला प्रहरीमा पिडित पक्षहरु उजुरी दिन आएपश्चात मात्र यो घटना बाहिर आएको हो । 

अहिले प्रहरीले पिडित र पिडक पक्ष दुबैलाई  राखेर छलफल गराएपनि खास बास्तविकताबारे जानकारी दिएका छैन । इलाका प्रहरी कार्यालय लिवासेमा पिडितहरुले उजुरी दिएपनि उचित क्षतिपुर्ति नपाएपछि पिडितहरु जिल्ला प्रहरीमा आएका छन् ।

प्रहरीले राजनैतिक दलको सपोर्टमा पिडितहरुको भन्दा पिडकहरुको समर्थन गरेको भन्दै आफूहरुले प्रहरीबाट सहयोग नपाएको गुनासो गरेका छन् । स्थानीयलाई कुटपिट र गाडीमा तोडफोड गर्ने म्यादी सहितका युवाहरुलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता