२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा गर्मीका कारण बिरामीको चापमा वृद्धि

२०७४, २६ बैशाख मंगलवार ०३:१४

बैशाख २६, कैलाली । अत्यधिक गर्मीका कारण कैलालीको सेती अञ्चल अस्पताललगायतका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ । 

गर्मीका कारण विशेष गरी भाइरल ज्वरो सङ्क्रमित बिरामीको सङ्ख्या निक्कै बढेको सेती अञ्चल अस्पतालले जनाएको छ । दूषित पानी तथा प्रदूषणका कारण झाडापखाला, विषमज्वरो, कमलपित्त, भाइरललगायतका समस्या भएका बिरामीको संख्या दिनहुँ बढ्ने गरेको सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले जानकारी दिनुभएको छ । 

उहाँले हाल दैनिक एकसय जनासम्म बिरामी उपचारका लागि अञ्चल अस्पताल आउने गरेको समेत बताउनुभएको छ । अत्यधिक गर्मीसँगै सुक्खा पनि बढ्ने गरेकाले जहाँतहीँ धुलोधुवाँ मात्रा बढ्ने र पानीमा समेत त्यस्तो प्रदूषण मिसिने हुँदा सजिलै मौसमी रोग लाग्ने गरेको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । 

गर्मीका कारण मानिसमा भाइरल ज्वरो, विषमज्वरो, कमलपित्त, झाडापखालालगायतका रोग बढी मात्रामा देखा पर्ने भएकाले यस्ता रोगबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुका साथै उमालेको तथा क्लोरिन हालेको पानी मात्र पिउने र घरबाहिर जाँदा मास्कको प्रयोग गरिनु पर्नेमा इमर्जेन्सी वार्ड प्रमुख बोहराले सुझाव दिनुभएको छ । 

स्वास्थ्यकर्मीले मौसमी रोगबाट बच्न पिउने पानीको स्रोत नै सफा र शुद्ध हुनुपर्नेमा जोड दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी