५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

क्यान्सर पीडित शाहीलाई आर्थिक सहयोग

२६ बैशाख २०७४, मंगलवार ०७:३९

बैशाख २६, भीमदत्तनगर । कञ्चनपुरको झलारीका क्यान्सर पीडित जनक शाहीलाई कञ्चनपुर निर्माण व्यवसायी सङ्घले आर्थिक सहयोग गरेको छ । 

कम्मरको बोन (हाड) क्यान्सरबाट पीडित युवा सङ्घ नेपाल कञ्चनपुरका अध्यक्षसमेत रहेका शाहीलाई उपचार गर्न सङ्घले रु तीन लाख ७० हजार प्रदान गरेको छ । 

कञ्चनपुर निर्माण व्यवसायी सङ्घका अध्यक्ष गजेन्द्रबहादुर चन्दले शाहीको उपचारका लागि सङ्घका तर्फबाट आर्थिक सहयोग गरेको बताउनुभयो । 

सैँतिस वर्षीय शाही हाल भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत छन् । सङ्घका तर्फबाट अध्यक्ष चन्दले सोमबार शाहीका भाइ धर्म शाहीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । 

क्यान्सर पीडित शाही कञ्चनपुर निर्माण व्यवसायी सङ्घका समेत सदस्य हुन् । शाहीका आफन्तले पीडितको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिन आग्रह गर्दै आएका छन् । 

केही दिनअघि झलारीको स्थानीय क्लबले समेत शाहीको उपचारका लागि रु पाँच लाख सङ्कलन गरेर प्रदान गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता