२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको अनिश्चितकालीन शैक्षिक संस्था बन्द कार्यक्रम फिर्ता

२०७४, २७ बैशाख बुधबार ०८:००

वैशाख २७, कञ्चनपुर । शुल्क वृद्धि फिर्ताको माग सार्दै आन्दोलनमा उत्रिएका छ विद्यार्थी सङ्गठनहरुले निजी विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका छन् । 

निजी विद्यालयसँग मङ्गलबार आठबुँदे सहमति गर्दै विद्यार्थी सङ्गठनले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा निजी विद्यालयको छाता सङ्गठनका प्रतिनिधि, संयुक्त विद्यार्र्थी सङ्गठन, शिक्षा कार्यालयका प्रतिनिधिसहितको बैठकले निजी संस्थागत विद्यालयमा गरिएको अनिश्चितकालीन शैक्षिक हडतालका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । साथै, जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा विद्यार्थी तथा शिक्षक सङ्गठनका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रहेको संवाद समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले संस्थागत विद्यालयको श्रेणी विभाजन नहुने बेलासम्मका लागि शुल्क वृद्धि नगर्ने, पुनः विद्यार्थी भर्ना शुल्क नलिन, नियमावली विपरित रहेका यातायातका साधन सञ्चालनमा नल्याउने, विभिन्न शीर्षकमा शुल्क लिन नपाउने, कापी, पुस्तक, पोसाकलगायतका सामग्री विद्यालयबाटै बेच्न नपाउने, अनुमतिबिना कक्षा सञ्चालन नगर्ने, अनुमतिबिना सञ्चालनमा ल्याइएका विद्यालयलाई खारेज गर्ने निर्णयपछि विद्यालय बन्दका कार्यक्रम फिर्ता लिइएको नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य कैलाश चन्दले बताए। 

जेठ मसान्तसम्म निजी विद्यालयको श्रेणी वर्गीकरण गरिसक्नेलगायतका निर्णयसहित शैक्षिक हडतालका कार्यक्रम फिर्ता लिइएको उनले बताए । बिहीबार सार्वजनिक बिदा परेकाले शुक्रबारदेखि बन्द विद्यालय सुचारु हुने उनको भनाइ रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी