५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा आगलागीमा परी महिलाको मृत्यु

२८ बैशाख २०७४, बिहीबार १३:०७

वैशाख २८, बर्दिया । बर्दियाको गुलरियामा आज दिउँसो भएको आगलागीमा परी एक महिलाको जलेर मृत्यु भएको छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नं १० रत्नापुर गाउँको राजेन्द्र मल्लाहको घरमा भएको आगलागीमा परी उनकी अन्दाजी २० वर्षीय बुहारी पुनम मल्लाहको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए । 

घरका परिवार खेतमा काम गर्न गएका र पुनम एक्लै घरमा भएका बेला आगलागी भएको स्थानीयवासीले बताएका छन् ।

सदरमुकाम गुलरियादेखि करिब पाँच किलोमिटर दूरीमा रहेको सो गाउँमा भएको आगो गुलरियाबाट गएको दमकल र स्थानीयवासीको सहयोगमा करिब एक घन्टापछि नियन्त्रणमा लिइएको हो ।

अन्य दुईवटा घर र एउटा गोठमा समेत आगो लागेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता