कविता उपाध्याय/बैशाख २९, रोल्पा । नेपाल पत्रकार महासंघ रोल्पाको अध्यक्षमा महेश न्यौपाने र मानसिंह विक निर्वाचित हुनुभएको छ । 

अध्यक्षका दुवै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/बैशाख २९, रोल्पा । नेपाल पत्रकार महासंघ रोल्पाको अध्यक्षमा महेश न्यौपाने र मानसिंह विक निर्वाचित हुनुभएको छ । 

अध्यक्षका दुवै "/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

पत्रकार महासंघ रोल्पामा दुई अध्यक्ष निर्वाचित

२९ बैशाख २०७४, शुक्रबार ०१:००


कविता उपाध्याय/बैशाख २९, रोल्पा । नेपाल पत्रकार महासंघ रोल्पाको अध्यक्षमा महेश न्यौपाने र मानसिंह विक निर्वाचित हुनुभएको छ । 

अध्यक्षका दुवै उमेदवारले बराबर ५०/५० मत प्राप्त गरेपछि दुइजना अध्यक्ष निर्वाचित भएको निर्वाचन समितिका मूख्य निर्वाचन अधिकृत कर्णबहादुर बाँठामगरले जानकारी दिनुभयो । उहाँका अनुसार उहाँहरु दुबै जनाले बराबर  मत प्राप्त गरेको हुँदा गोलाप्रथाद्वारा पालैपालो साढे एक साढे एक वर्षको अवधिका लागि दुबै जनालाई अध्यक्षको जिम्मेवारी बाँड्फाँड गरिएको छ  । पहिलो साढे एक वर्षको पालो विकंलाई परेको छ भने पछिल्लो साढे एक वर्षको पालो न्यौपानेलाई परेको बाँठामगरले जानकारी दिनुभयो । 

यसैगरी महासंघका  अन्य पदाधिकारीहरुमा खुला उपाध्यक्षमा दारासिं डाँगी, महिला उपाध्यक्ष देवी गुरुङ, सचिव जीवन डाँगी, सह सचिव  हर्क घर्तीमगर र कमानसिंह पुन, कोषाध्यक्ष तेजकुमारी विष्ट निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा अञ्जुली बाँठामगर, चित्रबहादुर झाँक्री, जमानसिंह विक, ऋषिकेश डाँगी, पान्डव दशौंदी, प्रतिभा श्रेष्ठ, बमकुमारी पुनमगर, मीना थापा र लोकेन्द्र सेन निर्वाचित हुनुभएको छ ।  यस्तै केन्द्रिय सभासद्मा ११ जना र ५ नं प्रदेश सभासद्मा १५ जना निर्वाचित  भएको निर्वाचन मण्डलले जनाएको छ ।  यस्तै केन्द्रिय सभासद्मा मौसम रोका र महेन्द्र रोकाको मत बराबर आएपछि गोला प्रथाद्वारा  मौसम रोका विजयी हुनुभएको छ । 


गत फागुन १२ गते सम्पन्न हुनुपर्ने अधिवेशन केन्द्रिय प्रतिनिधि रोल्पाबाट बेखबर भएपछि रोकिएको थियो । जिल्ला शाखा रोल्पाले सिफारिस नै नगरेका प्रेस सेन्टरका २ जनालाई केन्द्रले नयाँ सदस्यता प्रदान गरेको र जिल्लाबाट सिफारिस नपठाएका सदस्यहरुको पनि केन्द्रबाट नविकरण भएको भन्दै विभिन्न संगठनहरुले अधिवेशन पूर्व आपत्ती जनाएका थिए ।


जसका कारण यसपटक पनि पत्रकार महासंघको अधिवेशनको समयावधी लम्बीएको थियो । पछिल्लो पटक पनि बैशाख २४ गतेबाट शुरुभएको अधिवेशन २५ गतेमात्र सम्पन्न भएको हो । २६ गते नव निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । अध्यक्षमा दुवै जनाको मत बराबर भए पनि कार्यसमिति पदाधिकारी, प्रदेश सभासद र केन्द्रीय सभासदमा न्यौपानेको टोली बहुमतले विजयी भएको छ ।

नव निर्वाचित प्रदेश सभासद् प्रहरीको नियन्त्रणमा 

यसैबीच पत्रकार महासंघ रोल्पाका नवनिर्वाचित ५ नं प्रदेश सभासद पुस्तमन घर्तीमगरलाई प्रहरीले लिबाङबाट पक्राउ गरेको छ । 

स्थानीय तह निर्वाचनको विरोधका गतिविधिमा संलग्न भएको आरोपमा उहाँलाई मंगलबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । विजय उत्सव मनाउने तयारी भइरहेका बेला उहाँलाई पक्राउ गरेको भन्दै पत्रकारहरुले खेद प्रकट गरेका छन् । प्रदेश सभासद्मा निर्वाचित भएका घर्तीमगरलाई सपथ ग्रहण नगर्दै प्रहरीले पक्राउ गरेको हो ।  

यस विषयमा नव निर्वाचित अध्यक्ष द्वय न्यौपाने र विक तथा महासंघको अधिवेशनका निर्वाचन समितिका मूख्य निर्वाचन अधिकृत कर्ण बाठा तथा सदस्यहरु अधिवक्ता माधवप्रसाद आचार्य र पत्रकार कुमार शाहले प्रजिअलाई भेटेर पत्रकार घर्तीमगरलाई तत्काल रिहा गर्न माग गरेको जानकारी दिनुभयो । 

यसैवीच नेपाल पत्रकार महासंघ रोल्पाले घर्तीमगरलाई पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्तै क्रान्तिकारी पत्रकार संगठनले समेत पत्रकार घर्तीलाई तत्काल रिहाई गर्न माग गर्दै विज्ञप्ति सार्वजनिक गरेको छ । 

यता प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्राईले पत्रकार घर्ती नेकपा माओबादीको जिल्ला कार्य समिति सदस्य तथा अखिल  क्रान्तिकारी जिल्ला कमिटि रोल्पाको उपाध्यक्ष पनि भएको र उहाँले विभिन्न स्थानीय तहको निर्वाचन गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरिएको बताउनु भएको छ । 

डा. भट्टराईका अनुसार घर्तीमगरलाई सार्वजनिक अपराधको मुद्धा लागेको हुँदा तत्काल नछाडिने बताउनु भयो । भट्टराईका अनुसार यस किसिमको अपराधमा बढीमा २५ दिन सम्म अनुसन्धानका लागि राख्न सकिने प्रावधान छ । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य