बैशाख २९, ओखलढुंगा । ओखलढुंगाको रानीवनमा विपत् व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । 

युएसएआईडीको आथिर्क सहयोग,सबल कार्यक्रमको समन्वय,ग्रामिण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २९, ओखलढुंगा । ओखलढुंगाको रानीवनमा विपत् व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । 

युएसएआईडीको आथिर्क सहयोग,सबल कार्यक्रमको समन्वय,ग्रामिण"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाको रानीवनमा वर्षा मापन यन्त्र जडान

२९ बैशाख २०७४, शुक्रबार ०९:०९


बैशाख २९, ओखलढुंगा । ओखलढुंगाको रानीवनमा विपत् व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । 

युएसएआईडीको आथिर्क सहयोग,सबल कार्यक्रमको समन्वय,ग्रामिण विकास मञ्च फोर्ड नेपालको व्यवस्थापन तथा भिजन एफएमको सहजिकरणमा शनिवार रानीवनमा अन्तरक्रिया गरिएको हो । 

ग्रामिण विकास मञ्च फोर्ड नेपालका अध्यक्ष भिमबहादुर कार्कीको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी   रामप्रसाद ज्ञावलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला तहका विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । 

स्थानीय विपत् व्यवस्थापन समितिका पदाधिकारी,दलका नेता र सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय स्तरमा चुनौतीका रुपमा रहेको विपत् जोखिम र त्यसको न्यूनिकरणका लागि अपनाउन सकिने सतर्कताका विषयमा छलफल भएको थियो । 


स्थानीय वत्ताहरुले सरकारी सेवा र विपत्मा परेर समस्यामा रहँदा सरकारी तथा गैरसरकारी निकायले गरेको योगदानका विषय उठान गरेका थिए । सबल कार्यक्रमले विपत्का समयमा महत्वपूर्ण सहयोग गरेको र जिवीको पार्जन सुधारमा समेत सबलका कार्यक्रमहरु प्रभावकारी रहेको स्थानीयको भनाई थियो । 

सहायक प्रमुख जिल्ला अधिकारी र जिल्लाबाट गएको टोलीले स्थानीयको जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रमका प्रमुख अथिती समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञावलीले राज्यका निकायहरुको साथ लिएर अघि बढ्न स्थानीयलाई आग्रह गर्नुभयो । 


विपत्बाट बच्न चेतनाको विकास र पूर्वतयारीको अभ्यास आवश्यक रहेको ज्ञावलीको भनाई थियो । कार्यक्रमका विषेश अतिथी सबल कार्यक्रमका ओखलढुंगा प्रमुख ईन्द्र तामाङले गाउँमा आएका विकास र कार्यक्रमहरुलाई प्रभावकारी बनाउन स्थानीयको भूमिका महत्वपूर्णहुने बताउनुभयो । 

उहाँले सबलले सञ्चालन गरेका कार्यक्रमबारे चनाखो बन्न र कार्यक्रबाट बढी लाभ लिन आग्रह गर्नुभयो । कार्यक्रमका सभापत्ति फोर्ड नेपालका अध्यक्ष भिमबहादुर कार्कीले समयको माग र स्थानीयको आवश्यकताका आधारमा कार्यक्रमहरु सञ्चालनमा आफुहरुले जोड्दिने बताउनुभयो । उहाँले फोर्ड नेपालले थप दातृसंस्थाको सहयोगमा जिल्लामा अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । 

यसैबिच ओखलढुंगाको चम्पादेवी गाउँपालिका १० रानीवनमा वर्षा मापन यन्त्र जडान गरिएको छ । सबल कार्यक्रमको सहयोगमा हावापानी फिल्ड कार्यालयका निमिक्त प्रमुख अभियान पौडेलले रानीवन स्थित सुनकेशरी मावि परिषरमा शनिवार वर्षा मापन यन्त्र जडान गर्नुभएको हो । 

त्यसक्षेत्रको वर्षाको अवस्था पत्ता लगाई विपत् व्यवस्थपनमा टेवा पु¥याउने उद्देश्यले उक्त यन्त्र जडान गरिएको सबल कार्यक्रमका विपत् व्यवस्थापन अधिकृत गोमती जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यन्त्र जडान पश्चात त्यसको सुरक्षा र प्रयोगबारे विद्यार्थी र स्थानीयलाई जानकारी समेत गराईएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता