वैशाख २९, प्यूठान ।  प्रहरी हिरासतमा रहस्यमय रुपमा एक व्यक्तिको ज्यान गएको विषयलाई लिएर भिंगृमा स्थानीय बासिन्दा र प्रहरीबिच झडप हुँदा ४ जना घाइते भएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख २९, प्यूठान ।  प्रहरी हिरासतमा रहस्यमय रुपमा एक व्यक्तिको ज्यान गएको विषयलाई लिएर भिंगृमा स्थानीय बासिन्दा र प्रहरीबिच झडप हुँदा ४ जना घाइते भएका"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा प्रहरी र स्थानीयबीच झडप, चारजना घाइते

२९ बैशाख २०७४, शुक्रबार १०:२८


वैशाख २९, प्यूठान ।  प्रहरी हिरासतमा रहस्यमय रुपमा एक व्यक्तिको ज्यान गएको विषयलाई लिएर भिंगृमा स्थानीय बासिन्दा र प्रहरीबिच झडप हुँदा ४ जना घाइते भएका छन् । 

घाइते हुनेहरु खबिराम गिरी, अमृत राउत, नारायण राउत र देवी राउत छन् । खबिराम  टाउकोमा चोट लागेको गम्भीर घाइते भएका छन् । 

बिहीवार राति स्वर्गद्वारी नगरपालिका–५ सारी निवासी भुपेन्द्र गिरी इलाका प्रहरी कार्यालय भिंगृको शौचालयमा मृत अवस्थामा भेटिएका थिए ।उनी गएराति १ बजे शौचालयमा गएको प्रहरीले जनाएको छ । धेरैबेरसम्म शौचालयबाट बाहिर नआएपछि उनलाई खोज्न गएका बेला गिरी शौचालयमा मृत भेटिएको प्रहरीले जनाएको छ ।  

२९ वर्षका गिरीको प्रहरी चौकीमै झुण्डिएर ज्यान गएको विषय रहस्यमय भएको मृतकका आफन्तले बताएका छन् । घर झगडाको विषयमा अनुसन्धान गर्न भनि ल्याइएका गिरी शौचालयमा मृत भेटिनुले घटना रहस्यमय भएको स्थानीय बासिन्दाले बताएका छन् । 

प्रहरीले भने यो घटनालाई गिरी आफैले आत्महत्या गरेको जनाएको छ । तर आफन्तले स्विकारेका छैनन् । उनीहरुले यो घटनालाई सुनियोजित रुपमा हत्या भएको जनाएका छन् । यही विषयलाई लिएर स्थानीय बासिन्दाले रोल्पा–प्यूठान सडक खण्ड बिहानैदेखि बन्द गराएका छन् ।

अहिले प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसहितको टोली घटनास्थल पुगेको छ । प्रहरी र  स्थानीय बासिन्दाबिच छलफलको तयारी भइरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता