बैशाख २९, कञ्चनपुर । कञ्चनपुरका परिचयपत्र पाएका एक हजार ४ सय ९७ मुक्त हलिया परिवारमध्ये ६ सय २१ परिवार मात्रै पुनःस्थापना भएका छन् ।
राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७२/७३ मा २७८ र चालु आर्थिक वषको हालसम्म ३ सय ४३ परिवार गरी ६ सय २१ परिवार मुक्त हलियाको जग्गा खरिद, घर निर्माण र घर मर्मत गरी पुनःस्थापना गरिएको छ ।
लगतमा समावेश भएका दुई हजार पाँच सय १६ मुक्त हलियामध्ये एक हजार ४ सय ९७ जनाले मात्रै परिचयपत्र पाएका छन् । लगतमा समावेश भएका परिचयपत्र पाउन नसकेका मुक्त हलियाको संख्या एक हजार १९ रहेको समाजका अध्यक्ष शिवी लुहारले बताएका छन् ।
हलिया पुनःस्थापनाको कार्यलाई दु्रतगतिमा अगाडि नबढाउँदा धेरै परिवारको अवस्था निकै कष्टकर रहेको छ । रासस