५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

काञ्चनपुरको एक आधारभूत विद्यालय नदीको कटानको जोखिममा

२९ बैशाख २०७४, शुक्रबार १४:००

बैशाख २९, कञ्चनपुर । काञ्चनपुरको बैलौरी नगरपालिका–९ सिट्डीफाँटामा रहेको सिद्धनाथ आधारभूत विद्यालय पथरिया नदीको कटानको जोखिममा परेको छ ।

नदीले वर्षनी कटानी गर्नुुका साथै धार परिवर्तन गर्न थालेपछि विद्यालयका ५ वटा भवन जोखिममा परेका हुन् । हरेक वर्ष नदीले कटान गर्दै लगेपछि विद्यालय समेत बग्ने खतरामा पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपाकर जोशीले बताएका छन् ।

महाकाली सिंचाइको पहलमा केही भागमा तटबन्ध निर्माण भए पनि कटान जारी रहेको विद्यालयका प्रधानाध्यापक माधव जोशीले बताए । नदी कटान रोक्न तटबन्ध निर्माणको माग गरिए पनि बजेट विनियोजन नभएको शिक्षक जनक भट्टले बताएका छन् ।

सामुदायिक वनले आरक्षबाट वर्षनि बालुवा उत्खननको आदेश पाउँदा झन् समस्या भएको अध्यक्ष जोशीले बताउनुभयो । विद्यालय नजिकै नदीबाट बालुवा निकासीमा रोक लगाइए पनि चोरी गरेर निकासी हुँदा कटानको समस्या बढेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता