२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

काञ्चनपुरको एक आधारभूत विद्यालय नदीको कटानको जोखिममा

२०७४, २९ बैशाख शुक्रबार १४:००

बैशाख २९, कञ्चनपुर । काञ्चनपुरको बैलौरी नगरपालिका–९ सिट्डीफाँटामा रहेको सिद्धनाथ आधारभूत विद्यालय पथरिया नदीको कटानको जोखिममा परेको छ ।

नदीले वर्षनी कटानी गर्नुुका साथै धार परिवर्तन गर्न थालेपछि विद्यालयका ५ वटा भवन जोखिममा परेका हुन् । हरेक वर्ष नदीले कटान गर्दै लगेपछि विद्यालय समेत बग्ने खतरामा पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपाकर जोशीले बताएका छन् ।

महाकाली सिंचाइको पहलमा केही भागमा तटबन्ध निर्माण भए पनि कटान जारी रहेको विद्यालयका प्रधानाध्यापक माधव जोशीले बताए । नदी कटान रोक्न तटबन्ध निर्माणको माग गरिए पनि बजेट विनियोजन नभएको शिक्षक जनक भट्टले बताएका छन् ।

सामुदायिक वनले आरक्षबाट वर्षनि बालुवा उत्खननको आदेश पाउँदा झन् समस्या भएको अध्यक्ष जोशीले बताउनुभयो । विद्यालय नजिकै नदीबाट बालुवा निकासीमा रोक लगाइए पनि चोरी गरेर निकासी हुँदा कटानको समस्या बढेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी