२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

प्रहरी अधिकृत वनी रकम ठग्ने गैर पत्रकार रायमाझी प्रहरी फन्दामा

२०७४, ३१ बैशाख आईतवार ०७:००

बैशाख ३१, वीरगंज । विगत लामो समयदेखि वीरगंजका व्यवसायीहरुलाई ठग्दै हिडने गैर पत्रकार श्रीराम रायमाझी शनिबार जिल्ला प्रहरी कार्यालय पर्साको फन्दामा परेका छन ।

गत वैशाख २७ गते नक्कली प्रहरी अधिकृत बनी वीरगंजको कुम्हाल टोलमा रहेको दुर्गा ट्रेडर्स नामक एक कपडा कारोबारीको गोदाममा पुगेर यहाँ भंसार छलेका सामानहरु छन भन्दै आफुले प्रहरीको भ्यान बोलाएर सबै सामान सहित पक्राउ गरिदिने धम्की दिंदै त्यहाँ कार्यरत रहेका कामदार भारत, ग्राम सहदेवा पंचायत नुनियाडिह वार्ड नं ३ निवासी धर्मेन्द्र कुमार साहलाई हातपात गर्दै उनीसँग रहेको नगद रु. ५० हजार रकम जबरजस्ती लिएर फरार भएका थिए । 

घटना पश्चात कामदारले आफना साहु वीरगंज लक्षमणवा वडा नं १८ निवासी पप्पु पटेललाई रूंदै जानकारी गराएका थिए । घटनाको जानकारी पाउनासाथ पप्पु पटेलले नक्कली प्रहरीको आवरणमा आएका गैर पत्रकार श्रीराम रामाझीलाई टेलिफोन सम्पर्क गरि तपाईले किन यस्तो कार्य गरेको, म तपाईलाई राम्रो सँग चिन्छु र लिएको पैसा फर्काउन आग्रह गर्दा उल्टै धम्की शैलीमा आफुसँग गएका प्रहरी लगायत हामी ५ जनाले उक्त ५० हजार बाँडी सकेकोले फर्काउन नसकिने र जहाँ मन लाग्छ त्यहाँ उजुरी गर्दा हुन्छ भनी जवाफ फर्काएका थिए । 

सो घटनाको बारेमा पिडितहरुले तत्कालै जिल्ला प्रशासन कार्यालय पर्सामा गई प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे समक्ष उजुरी सहित निवेदन दिएका थिए । जिल्ला प्रशासन कार्यालय पर्साबाट गैर पत्रकार श्रीराम रायमाझी लगायतका दोषीहरुलाई झिकाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रचार आएकोले शनिबार जिल्ला प्रहरी कार्यालय पर्साले पीडित पक्षले दिएको कारवाहीको निवेदन उपर गैर पत्रकार श्रीराम रायमाझीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाई दुवै पक्ष बसाएर छलफल गरि जबरजस्ती लुटेको रु. ५० हजार फर्काउने शर्तमा र अब उप्रान्त यस्ता घटना नदोहोर्याउने लिखित प्रतिबद्धता पछि पत्रकारको नाममा ठगी गर्ने रायमाझी घर फर्कन पाएका हुन । 

रायमाझीले आफुले मात्र होइन अन्य ५ जनाले पनि लिएको रकम बाँडेको समेत सो अवसरमा बताएपनि क–कसले रकम लिएको भन्ने कुरा भने लुकाएका थिए । गैर पत्रकार रायमाझीलाई जिल्ला प्रहरी कार्यालयमा कागज गरि छाडिएको हो । 

यताका केहि दिनहरुमा पत्रकारको नाममा विभिन्न औद्योगीक प्रतिष्ठान तथा व्यापारीक फर्ममा छापामारी रकम असूल गर्ने, नक्कली प्रहरी अधिकृत बनी आतंक फैलाउने काममा रायमाझीको नेतृत्वमा छापामार टोली नै परिचालित भएको थियो । आजको घटनाले भने यसतर्फ सबै जिम्मेवार निकायहरुलाई ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ ।

स्मरण रहोस व्यवसायीहरुबाट अनाधिकृत रुपमा रकम संकलन गरेको, नेपाल पत्रकार महासंघ पर्सा शाखाका पुर्व सभापतिको नाम दुरुपयोग गरि चन्दा आतंक गरेको, पर्सेलि पत्रकारहरुको मर्यादा र प्रतिष्ठामा आंच आउने गतिविधिहरु नरोकेकाले नेपाल पत्रकार महासंघ पर्सा शाखाले सदस्यता शुद्धीकरण अभियान अन्तर्गत गैर पत्रकारका रुपमा चिनिएका श्रीराम रायमाझीको यस अघि नै सदस्यता खारेज गरि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी