५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

प्रहरी अधिकृत वनी रकम ठग्ने गैर पत्रकार रायमाझी प्रहरी फन्दामा

३१ बैशाख २०७४, आईतवार ०७:००

बैशाख ३१, वीरगंज । विगत लामो समयदेखि वीरगंजका व्यवसायीहरुलाई ठग्दै हिडने गैर पत्रकार श्रीराम रायमाझी शनिबार जिल्ला प्रहरी कार्यालय पर्साको फन्दामा परेका छन ।

गत वैशाख २७ गते नक्कली प्रहरी अधिकृत बनी वीरगंजको कुम्हाल टोलमा रहेको दुर्गा ट्रेडर्स नामक एक कपडा कारोबारीको गोदाममा पुगेर यहाँ भंसार छलेका सामानहरु छन भन्दै आफुले प्रहरीको भ्यान बोलाएर सबै सामान सहित पक्राउ गरिदिने धम्की दिंदै त्यहाँ कार्यरत रहेका कामदार भारत, ग्राम सहदेवा पंचायत नुनियाडिह वार्ड नं ३ निवासी धर्मेन्द्र कुमार साहलाई हातपात गर्दै उनीसँग रहेको नगद रु. ५० हजार रकम जबरजस्ती लिएर फरार भएका थिए । 

घटना पश्चात कामदारले आफना साहु वीरगंज लक्षमणवा वडा नं १८ निवासी पप्पु पटेललाई रूंदै जानकारी गराएका थिए । घटनाको जानकारी पाउनासाथ पप्पु पटेलले नक्कली प्रहरीको आवरणमा आएका गैर पत्रकार श्रीराम रामाझीलाई टेलिफोन सम्पर्क गरि तपाईले किन यस्तो कार्य गरेको, म तपाईलाई राम्रो सँग चिन्छु र लिएको पैसा फर्काउन आग्रह गर्दा उल्टै धम्की शैलीमा आफुसँग गएका प्रहरी लगायत हामी ५ जनाले उक्त ५० हजार बाँडी सकेकोले फर्काउन नसकिने र जहाँ मन लाग्छ त्यहाँ उजुरी गर्दा हुन्छ भनी जवाफ फर्काएका थिए । 

सो घटनाको बारेमा पिडितहरुले तत्कालै जिल्ला प्रशासन कार्यालय पर्सामा गई प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे समक्ष उजुरी सहित निवेदन दिएका थिए । जिल्ला प्रशासन कार्यालय पर्साबाट गैर पत्रकार श्रीराम रायमाझी लगायतका दोषीहरुलाई झिकाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रचार आएकोले शनिबार जिल्ला प्रहरी कार्यालय पर्साले पीडित पक्षले दिएको कारवाहीको निवेदन उपर गैर पत्रकार श्रीराम रायमाझीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाई दुवै पक्ष बसाएर छलफल गरि जबरजस्ती लुटेको रु. ५० हजार फर्काउने शर्तमा र अब उप्रान्त यस्ता घटना नदोहोर्याउने लिखित प्रतिबद्धता पछि पत्रकारको नाममा ठगी गर्ने रायमाझी घर फर्कन पाएका हुन । 

रायमाझीले आफुले मात्र होइन अन्य ५ जनाले पनि लिएको रकम बाँडेको समेत सो अवसरमा बताएपनि क–कसले रकम लिएको भन्ने कुरा भने लुकाएका थिए । गैर पत्रकार रायमाझीलाई जिल्ला प्रहरी कार्यालयमा कागज गरि छाडिएको हो । 

यताका केहि दिनहरुमा पत्रकारको नाममा विभिन्न औद्योगीक प्रतिष्ठान तथा व्यापारीक फर्ममा छापामारी रकम असूल गर्ने, नक्कली प्रहरी अधिकृत बनी आतंक फैलाउने काममा रायमाझीको नेतृत्वमा छापामार टोली नै परिचालित भएको थियो । आजको घटनाले भने यसतर्फ सबै जिम्मेवार निकायहरुलाई ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ ।

स्मरण रहोस व्यवसायीहरुबाट अनाधिकृत रुपमा रकम संकलन गरेको, नेपाल पत्रकार महासंघ पर्सा शाखाका पुर्व सभापतिको नाम दुरुपयोग गरि चन्दा आतंक गरेको, पर्सेलि पत्रकारहरुको मर्यादा र प्रतिष्ठामा आंच आउने गतिविधिहरु नरोकेकाले नेपाल पत्रकार महासंघ पर्सा शाखाले सदस्यता शुद्धीकरण अभियान अन्तर्गत गैर पत्रकारका रुपमा चिनिएका श्रीराम रायमाझीको यस अघि नै सदस्यता खारेज गरि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता