ललित बोहरा/बैशाख ३१, डडेल्धुरा ।  डडेल्धुराका बृद्ध महिला तथा बालबालीकाका लागी आमदानीको राम्रो स्रोत काफल बन्दै गएको छ । 

जेठ महिनाको सु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/बैशाख ३१, डडेल्धुरा ।  डडेल्धुराका बृद्ध महिला तथा बालबालीकाका लागी आमदानीको राम्रो स्रोत काफल बन्दै गएको छ । 

जेठ महिनाको सु"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका बृद्ध महिला र बालबालिकाका लागि आम्दानीको स्रोत बन्दै काफल

२०७४, ३१ बैशाख आईतवार १२:४७


ललित बोहरा/बैशाख ३१, डडेल्धुरा ।  डडेल्धुराका बृद्ध महिला तथा बालबालीकाका लागी आमदानीको राम्रो स्रोत काफल बन्दै गएको छ । 

जेठ महिनाको सुरुवात भएसंगै जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार बढेको छ । काफल पाक्न शुरु भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाईने क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको स्थानीयले बताएका छन् ।

बृद्ध महिला देखी बालबालीका गिलासमा काफल नाप्दै प्रति गिलास १० देखि २० रुपैँया सम्ममा बिक्रि गरीरहेका छन । काफल हुने अधिकांश क्षेत्रमा काफल पाकि नसकेको हुनाले यो समयमा अलि बढी दाम पाइने स्थानीय गोमा तमौलीले जानकारी दिनुभयो ।

अमरगढी नगरपालिकाको स्याउले, मालम, दह ब्यारेक, काँडे, भेटा, ढुन्ढुने, भातकाडाँ लगायत राजमार्ग छेउँछाउका बस्तीका बालबालिका काफल हुने सिजनमा बर्षैपिच्छे काफल सङ्कलन गरी बिक्री गर्दै आएका छन । टाढा–टाढा गाउँबाट काफल बेच्नका लागि बालबालिका स्याउले तथा सदरमुकाम बागबजार पुग्न थालेका छन ।

राजमार्ग अन्तर्गत हिजो–आज गैरा, गोगनपानी, गोल्डेन लगायतका क्षेत्रमा समेत काफल बेच्ने बिक्रेताहरुले राम्रो आम्दानी गर्न थालेको गाडी चालकहरुको भनाई छ । पोहोर साल काफल बेचेरै ४ हजार रुपैँया सङ्कलन गरेको बताउदै यो साल पनि साँझ–साँझ काफल टिपि बेच्न शुरु गर्न थालेको १२ बर्षिय नरी दियालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी