जेठ ६, बैतडी | हावाहुरीले १९ विद्यालय भवनका छाना उडाउँदा रु ३६ लाख बराबरको क्षति भएको छ । 

जिल्ला शिक्षा कार्यालयमा प्राप्त पछिल्लो तथ्याङ्कानुसार केही द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ६, बैतडी | हावाहुरीले १९ विद्यालय भवनका छाना उडाउँदा रु ३६ लाख बराबरको क्षति भएको छ । 

जिल्ला शिक्षा कार्यालयमा प्राप्त पछिल्लो तथ्याङ्कानुसार केही द"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा हावाहुरीबाट १९ विद्यालयमा रु ३६ लाखको क्षति

६ जेष्ठ २०७४, शनिबार ०२:१३

जेठ ६, बैतडी | हावाहुरीले १९ विद्यालय भवनका छाना उडाउँदा रु ३६ लाख बराबरको क्षति भएको छ । 

जिल्ला शिक्षा कार्यालयमा प्राप्त पछिल्लो तथ्याङ्कानुसार केही दिनअघिदेखि साँझपख वर्षासँगै आइरहेको हावाहुरीले ती विद्यालयका छाना उडाउँदा पठनपाठन समेत प्रभावित बनेको छ । 

जिल्ला शिक्षा अधिकारी लालसिंह टेरका अनुसार जिल्लाको मेलौली नगरपालिकामा रहेको सुदर्शन मावि लिखोडा र पुर्चौडीमा रहेको महादेव मावि भटनामा हावाहुरीले सबैभन्दा बढी क्षति गरेको छ । सुदर्शन माविमा रु पाँच लाख ५० हजार र महादेव माविमा रु तीन लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ । 

यस्तै कफलाशैनी मावि पुजारी गाउँ, पुजारीखेत आधारभूत विद्यालय, केदार प्रावि मौरल्ला विजयपुर, गणेश मावि लेकम बस्ती सिगास र शिव निमावि गड्तौलाको छाना उडाएको छ । कालिका मावि सिद्धपुर, भुवनेश्वर मावि ठाँड बगाडी, निमावि पच्कोरा, नेपाल राष्ट्रिय निमावि गुरुखोला र देउमडा प्रावि गुरुखोलालगायत विद्यालयको पनि छाना उडाएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

विद्यालयको छाना नभएपछि पानी परेका बेला विद्यालय बन्द गर्नु परिरहेको विद्यालयले जनाएका छन् । क्षति पुगेका विद्यालयको विवरण शिक्षा विभागमा पठाइसकिएको छ । तत्काल विद्यार्थी बस्नै नमिल्ने विद्यालयका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिले त्रिपालको व्यवस्था गर्ने जिल्ला शिक्षा अधिकारी टेरले बताउनुभयो । बैतडीका अन्य विद्यालयमा पनि हावाहुरीले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता