विमल धामी | जेठ ६, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१० भुडामा विहिवार देखि संचालन भएको ३ दिने महिला नेतृत्व विकास तालिम सनिवार सम्पन्न भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विमल धामी | जेठ ६, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१० भुडामा विहिवार देखि संचालन भएको ३ दिने महिला नेतृत्व विकास तालिम सनिवार सम्पन्न भएको "/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महिला नेतृत्व विकास तालिम सम्पन्न

६ जेष्ठ २०७४, शनिबार ११:१५


विमल धामी | जेठ ६, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१० भुडामा विहिवार देखि संचालन भएको ३ दिने महिला नेतृत्व विकास तालिम सनिवार सम्पन्न भएको छ ।

साझेदारी विकास परियोजना अन्र्तगत इक्वाल एक्सेस संस्थाको सहयोगमा फुलवारी रेडियो श्रोता समुहले उक्त कार्यक्रम आयोजना गरेको समुहकी सहजकर्ता पुष्पा चौधरीले जानकारी गराउनु भयो । इक्वाल एक्सेस संस्थाको लघुअनुदान प्याकेज मार्फत फुलवारी रेडियो श्रोता समुहका सदस्य लगायत महिला सशक्तिकरण समुहका सदस्यहरुलाई तालिम दिईएको हो ।

सिमा क्षेत्रका महिलाहरु राज्यको पुहुच बाट टाढा रहेकाले महिलाको हक अधिकार सम्वन्धि जानकार कम भएकाले अधिकार सम्पन्न र सशक्त बनाउनका लागि तालिमको माग गरेको सहजकर्ता चौधरीले बताउनु भयो । तालिममा सहभागिहरुले भने यस्तो तालिम हामीले कहिलै पनि नपाएको र यो तालिमले हाम्रा आँखा खोलिएको बताए । समुहकी अध्याक्ष सरस्वती विकले भने ‘यस्ता क्षमता विकासका तालिम हामीले पटक पटक वडा भेलामा माग गर्ने गरको तर बजेट अपुगले आजका मिति सम्म हामीले तालिमनै नपाएको जनाए ।’ अवका दिनमा यस्ता तालिम गराउने अवसर पाए हाम्रो समुदायका सम्पुर्ण महिलालाई सहभागि गराउने कुरा समेत ब्यक्त गरे । यस्तो तालिम आगामी दिनमा पनि दिनु पर्ने सहभागिहरुको भनाई रहेको छ । सहभागिहरुले तालिम अति राम्रो भएको र सिकेका कुरा आफ्नो ब्याक्तिगत जिवनमा लागु गर्ने प्रतिवद्धता समेत गरे ।

सो तालिमका प्रमुख प्रशिक्षक रुपनी चौधरी रहेका थिए । उनले भने “तालिममा अधिकांस जनजाति महिला रहेकाले वहाँहरुलाई तालिम लिन सजिलो होला भनेर उनले बुझ्ने भाषामा तालिम दिएको बताए ।” यो तालिमले वहाँहरुलाई धेरै फाईदा हुने वहाँले दावी गर्नु भयो । यो समुहले फेरी पनि आगामी दिनमा तालिम माग गरे आफुले सके अनुसारको सहयोग गर्ने कुरा समेत जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता