४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीको नेपाली काग्रेश भ्रष्टचारको विरुद्धमा उत्रियो, अरुदल मौन

८ फाल्गुन २०७२, शनिबार १०:१८

विमल धामी/ फागुन ८, बेल्डाँडी (कञ्चनपुर) । कञ्चनपुरको दक्षिणि क्षेत्र बेल्डाँडी नगरपालिकाको नेपाली काग्रेश भ्रष्टचारको विरुद्धमा खरो उत्रिएको छ । बेल्डाँडी नगरपालिका भए पछि पहिलो नगरपरिषद सम्पन्न भैसकेको छ । योजनाका १४चरण अनुसार पुष मसान्त सम्म नगरपरिषद सम्पन्न गरिसक्नु पर्छ ।

तर बेल्डाँडी नगरपालिकाले माघको १०,१२गते मात्र तानतुन गरेर नगरपरिषद सम्पन्न गरेको थियो । नगर एकिकृत योजना तर्जुमा समितिका सदस्य अर्थात अहिले नव निर्वाचित नेपाली काग्रेशका नगर सभापति समेत रहनु भएका हर्कदेव जोशीका अनुसार यस बेल्डाँडी नगरपालिकाले अनियमित्ता गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा छानविन र कार्वाहीकोलागी ज्ञापनपत्र बुझाएको बताए । उनले भने बेल्डाँडी नगरपालिका भैसके पछि साविक बेल्डाँडी र रौतेली गाविसको आय ब्ययको लेखा परिक्षा प्रतिवेदन नभएको सार्वजनिक सुनुवाई समिक्षा नगरी अनुमोदन गरेको एकिकृत योजना तर्जुमा समितिलाई काम गर्न नदिएको, भत्ता, सञ्चार खर्च, भाडा, भैपरी आउने खर्च, कार्यालय संचालन खर्च, अन्य उपभोग खर्च, परिषद उदघाटन, क्षमता विकास, शिर्षकहरुमा निर्णय नगरी खर्च गरेको सो खर्च रकमको बिल भर्पाइ समेत नभएको भन्दै यस्ता भ्रष्टचारीलाई आफुहरुले माफी दिन नसकिने बताए । बेल्डाँडीका अरु राजनितिकदल यो बिषयमा मौन भएको देख्दा आफ्नो मनमा सङ्का लागेको कुरा सञ्चारकर्मीहरु सामु बताए ।

उनले भने नेपाली काग्रेशले बेल्डाँडीको हकमा जनता संगै हातेमालो गर्ने बताए तर यस्तो भ्रष्टचार भएको देख्दा आफुहरु सहेर वस्दा जनताले आफुहरुलाई सराप्ने बताए । तेसैले “हामी बेल्डाँडीका जनतालाई जागरुक गराउने अभियानमा लागेका छौ, यो अभियानमा सबै बेल्डाँडीवासीहरु, बेल्डाँडी प्रेमीहरु, एक ढिक्का भएर गलतको विरोध र सही सुझाव दिनु पर्नेमा जोड दिएका थिए” । यस्तै बेल्डाँडी नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनितिक दलले कार्यालयलाई सही मार्गदर्शन देखाउने ठाउँमा आफै जनविपरित निर्णय गर्नमा सकृय भएको आरोप स्थानिय वासीहरुले लगाउदै आएका छन् ।

एक स्थानियवासी धनराज उपाध्यायले भने नगरपालिकाको बजेट एक वडाको एउटै ठाउँमा थुपार्ने गरेको हामीले पाएका छौ । जहा तेसै वडाको तेसैटोलको नगरपरिषदमा बस्ने नेता भएको ठाउँमा मात्र बजेट हालिने बताए । उनले ठोकुवाका साथ भने साविक बेल्डाँडी गाविसको वडा नं.१को कान्छीवजार भन्ने ठाउँमा मात्र बजेट धेरैपारिने र यसपालि पनि अरु ठाउँको तुलनामा ५,६गुनाले धेरै बजेट पारिएको बताए । यो भन्दा पहिलाका परिषदले गरेका सबै निणर्य नेताहरुले आफ्नो घरको वरिपरी मात्र बजेट हालेको आरोप लगाउनुका साथै पुराना निर्णय पनि हेर्न सुझाव दिए ।
बेल्डाँडी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राज बहादुर बिष्टले भने आफुले मनोगत ढंगले कुनै पनि काम नगरेको दाबिगरेका छन् । उनले भने राजनितिक दलको सहमति बिना आफुखुसी निर्णय बेल्डाँडीको हकमा नपाईने बताए । राजनितिक दलको दवाबमा आफु चल्नु परेको र राम्रो काम गरे हामीले गरेकाहौँ भन्ने काम बिग्रीयो भने सचिवले बिगारेको हो भन्ने यहाँका राजनितिक दलको बानि रहेको बताए । उनले दुःखेसो पोख्दै भने मलाई यहाँ हात खुट्टा बाधे सरह काम गर्नदिने, डर धम्की तरास दिईराख्ने, जस्ता काम राजनितिक दलबाट भैरहेको बताए ।

बिष्टले भने साविक बेल्डाँडी गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषण गर्ने अभियानमा लागेका बेला डिजिटल क्यामरा हराएका बेल्डाँडीका गहनालाई आफुले चाहदा चाहदै आफु दवाबमा काम गर्नु पर्ने भएकोले क्यामरा उपलब्ध गर्न नसकेको दुःखेसो पोखे । यो ठाउँमा अर्को हाकीम आएर सहज तरीकाले काम गर्न नसक्ने ठोकुवा समेत गरे । अधिकृत बिष्टले भने नगर बोर्ड समितिलाई सञ्चार सेट खरिदको लागी १लाख ३०हजार रकम पनि दलले आफै बिनियोजन गरेको बताए । यो समयमा हातमा मोवाईल सेट नभएको कुनै नेता कार्यकर्ता नभएको बताए यो संञ्चार खर्चमा भन्दा बर्षादको बेला हिन्नै नसकिने ठाउँमा लागानि गरे केहीलाईत राहत हुने आफ्नो मनसायरहेको दावी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी ओमानका कप्तान अकिब ल्यास विराटनगर किङ्सबाट एनपीएल खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड सोमपाल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश