२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीको नेपाली काग्रेश भ्रष्टचारको विरुद्धमा उत्रियो, अरुदल मौन

२०७२, ८ फाल्गुन शनिबार १०:१८

विमल धामी/ फागुन ८, बेल्डाँडी (कञ्चनपुर) । कञ्चनपुरको दक्षिणि क्षेत्र बेल्डाँडी नगरपालिकाको नेपाली काग्रेश भ्रष्टचारको विरुद्धमा खरो उत्रिएको छ । बेल्डाँडी नगरपालिका भए पछि पहिलो नगरपरिषद सम्पन्न भैसकेको छ । योजनाका १४चरण अनुसार पुष मसान्त सम्म नगरपरिषद सम्पन्न गरिसक्नु पर्छ ।

तर बेल्डाँडी नगरपालिकाले माघको १०,१२गते मात्र तानतुन गरेर नगरपरिषद सम्पन्न गरेको थियो । नगर एकिकृत योजना तर्जुमा समितिका सदस्य अर्थात अहिले नव निर्वाचित नेपाली काग्रेशका नगर सभापति समेत रहनु भएका हर्कदेव जोशीका अनुसार यस बेल्डाँडी नगरपालिकाले अनियमित्ता गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा छानविन र कार्वाहीकोलागी ज्ञापनपत्र बुझाएको बताए । उनले भने बेल्डाँडी नगरपालिका भैसके पछि साविक बेल्डाँडी र रौतेली गाविसको आय ब्ययको लेखा परिक्षा प्रतिवेदन नभएको सार्वजनिक सुनुवाई समिक्षा नगरी अनुमोदन गरेको एकिकृत योजना तर्जुमा समितिलाई काम गर्न नदिएको, भत्ता, सञ्चार खर्च, भाडा, भैपरी आउने खर्च, कार्यालय संचालन खर्च, अन्य उपभोग खर्च, परिषद उदघाटन, क्षमता विकास, शिर्षकहरुमा निर्णय नगरी खर्च गरेको सो खर्च रकमको बिल भर्पाइ समेत नभएको भन्दै यस्ता भ्रष्टचारीलाई आफुहरुले माफी दिन नसकिने बताए । बेल्डाँडीका अरु राजनितिकदल यो बिषयमा मौन भएको देख्दा आफ्नो मनमा सङ्का लागेको कुरा सञ्चारकर्मीहरु सामु बताए ।

उनले भने नेपाली काग्रेशले बेल्डाँडीको हकमा जनता संगै हातेमालो गर्ने बताए तर यस्तो भ्रष्टचार भएको देख्दा आफुहरु सहेर वस्दा जनताले आफुहरुलाई सराप्ने बताए । तेसैले “हामी बेल्डाँडीका जनतालाई जागरुक गराउने अभियानमा लागेका छौ, यो अभियानमा सबै बेल्डाँडीवासीहरु, बेल्डाँडी प्रेमीहरु, एक ढिक्का भएर गलतको विरोध र सही सुझाव दिनु पर्नेमा जोड दिएका थिए” । यस्तै बेल्डाँडी नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनितिक दलले कार्यालयलाई सही मार्गदर्शन देखाउने ठाउँमा आफै जनविपरित निर्णय गर्नमा सकृय भएको आरोप स्थानिय वासीहरुले लगाउदै आएका छन् ।

एक स्थानियवासी धनराज उपाध्यायले भने नगरपालिकाको बजेट एक वडाको एउटै ठाउँमा थुपार्ने गरेको हामीले पाएका छौ । जहा तेसै वडाको तेसैटोलको नगरपरिषदमा बस्ने नेता भएको ठाउँमा मात्र बजेट हालिने बताए । उनले ठोकुवाका साथ भने साविक बेल्डाँडी गाविसको वडा नं.१को कान्छीवजार भन्ने ठाउँमा मात्र बजेट धेरैपारिने र यसपालि पनि अरु ठाउँको तुलनामा ५,६गुनाले धेरै बजेट पारिएको बताए । यो भन्दा पहिलाका परिषदले गरेका सबै निणर्य नेताहरुले आफ्नो घरको वरिपरी मात्र बजेट हालेको आरोप लगाउनुका साथै पुराना निर्णय पनि हेर्न सुझाव दिए ।
बेल्डाँडी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राज बहादुर बिष्टले भने आफुले मनोगत ढंगले कुनै पनि काम नगरेको दाबिगरेका छन् । उनले भने राजनितिक दलको सहमति बिना आफुखुसी निर्णय बेल्डाँडीको हकमा नपाईने बताए । राजनितिक दलको दवाबमा आफु चल्नु परेको र राम्रो काम गरे हामीले गरेकाहौँ भन्ने काम बिग्रीयो भने सचिवले बिगारेको हो भन्ने यहाँका राजनितिक दलको बानि रहेको बताए । उनले दुःखेसो पोख्दै भने मलाई यहाँ हात खुट्टा बाधे सरह काम गर्नदिने, डर धम्की तरास दिईराख्ने, जस्ता काम राजनितिक दलबाट भैरहेको बताए ।

बिष्टले भने साविक बेल्डाँडी गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषण गर्ने अभियानमा लागेका बेला डिजिटल क्यामरा हराएका बेल्डाँडीका गहनालाई आफुले चाहदा चाहदै आफु दवाबमा काम गर्नु पर्ने भएकोले क्यामरा उपलब्ध गर्न नसकेको दुःखेसो पोखे । यो ठाउँमा अर्को हाकीम आएर सहज तरीकाले काम गर्न नसक्ने ठोकुवा समेत गरे । अधिकृत बिष्टले भने नगर बोर्ड समितिलाई सञ्चार सेट खरिदको लागी १लाख ३०हजार रकम पनि दलले आफै बिनियोजन गरेको बताए । यो समयमा हातमा मोवाईल सेट नभएको कुनै नेता कार्यकर्ता नभएको बताए यो संञ्चार खर्चमा भन्दा बर्षादको बेला हिन्नै नसकिने ठाउँमा लागानि गरे केहीलाईत राहत हुने आफ्नो मनसायरहेको दावी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै