जेठ ९, नवलपरासी | नवलपरासीको कावासोती–१६ डण्डा की १५ वर्षीया रविना अर्यालको मृत्युको कारण थप रहस्यमय बन्दै गएको छ । रविनाको मृत्युको कारण आत्महत्या भएको उनको पारिवारिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ९, नवलपरासी | नवलपरासीको कावासोती–१६ डण्डा की १५ वर्षीया रविना अर्यालको मृत्युको कारण थप रहस्यमय बन्दै गएको छ । रविनाको मृत्युको कारण आत्महत्या भएको उनको पारिवारिक "/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा किशोरी मृत्युको कारण थप रहस्य बन्दै

९ जेष्ठ २०७४, मंगलवार ०७:१८

जेठ ९, नवलपरासी | नवलपरासीको कावासोती–१६ डण्डा की १५ वर्षीया रविना अर्यालको मृत्युको कारण थप रहस्यमय बन्दै गएको छ । रविनाको मृत्युको कारण आत्महत्या भएको उनको पारिवारिक स्रोतको दाबी छ तर त्यहाँका स्थानीयले रविनाको हत्या भएको दाबी गर्दै आएका छन् । 

किशोरी अर्याल गत बुधबार आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको शरीरको प्रकृति हेर्दा नाकबाट रगत बगेको, अनुहारमा चोट समेत देखिएकाले उनको आत्महत्या नभई उनका बाबु तुलसी अर्याल र सौतेनी आमाले हत्या गरेर झुन्ड्याएको आरोप स्थानीयले लगाएका छन् । 

स्थानीय सो घटनाबारे प्रहरीसँग निष्पक्ष छानबिनको माग राख्दै आन्दोलनमा उत्रिएका छन् । निष्पक्ष छानबिन नभए कडा आन्दोलनमा जाने चेतावनी समेत स्थानीयले दिएका छन् । 

घटना शङ्कास्पद रहेको, प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा र दुम्कौली दुवैले परीक्षण गर्न नमानेपछि शवलाई भरतपुर अस्पताल लगेर परीक्षण गरिएको आन्दोलनमा सहभागी डण्डाकी शर्मिला गिरीले बताइन् । अर्यालको गत शुक्रबारनै परीक्षण गरी दाहसंस्कार गरिएको थियो । प्रहरीले मृतकका बाबु र सौतेनी आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी राजेश थापाले घटनाको अनुसन्धान भइरहेको र परीक्षण रिपोर्ट आएपछि थप कुरा खुल्ने बताउनुभयो । रासस 

 फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता