२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

होटल संचालकको हत्या गर्ने अभियुक्त प्रहरी द्वारा सार्वजनिक

२०७२, १८ फाल्गुन मंगलवार ११:०४

भाष्कर के.सी./फागुन १८, कञ्चनपुर । कञ्चनपुरको कलुवापुरका होटल व्यवसायी दामोदर अवस्थीको हत्यामा संलग्न रहेका चार जना युवकलाई आज प्रहरीले सार्वजनीक गरेको छ । प्रहरीले हत्याको आशंकामा झलारी–पिपलाडी नगरपालिका ११ का चार युवकलाई हिजो नै विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

कलुवापुर बजारमा रहेको न्यू बैतडी होटल एण्ड रेष्टुरेन्टका सञ्चालक ३८ वर्षिय दामोदर अवस्थीको हत्या आरोपमा दुई जनालाई महेन्द्रनगर र दुई जनालाई झलारी क्षेत्रबाट अञ्चल प्रहरी कार्यालय, क्षेत्रिय प्रहरी कार्यालय दिपायलको अनुसन्धान समुह (आर.आई.टी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रा.ना.उ. केदार खनाल र ई.प्र.का.झलारीबाट प्र.नि. सुदाम रावलको संयुक्त टोलीले अनुसन्धानको क्रममा पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा ईन्द्र देब भट्ट,, सुरज साउद , कृष्ण सिंह साउद (१८ वर्षका) र प्रदीप महरालाई (१९ वर्ष) थिए । पक्राउ परेका चारै जनाले आफुहरुले हत्यामा संलग्न रहेका स्विकारेका छन् ।

kanchanpur 2
आइतबार राति स्थिानिय नजिकैको विहेमा गएको, राति १२ बजे होटल साउजी अवस्थीलाई फोन गरेर साथै ढोकामा हानेर होटल खोल्न लगाई उनी संगै वसी लागु औषध चरेश सेवन गरेको त्यस पश्चता मदिरा र जुस खाएको, त्यसै क्रममा होटल साउजीले कृष्ण सिंह साउदले खाएको पुरानो विल सम्म रहेको बताए पछि होटल संचालक अवस्थी सुत्न गएका र उनी निधाए पछि ईन्द्र देब भट्ट र कृष्ण सिंह साउदले खुट्टा र छातीमा दबाएको प्रदिप महराले घटी रेटेको साथै सुरज साउदले ढोकामा आउने जाने मान्छे हेरेको स्विकारेका छन् ।

प्रदिप महरा बि.बि.ए., ईन्द्र देब भट्ट र कृष्ण सिहं साउद +२ मा महेन्द्रनगरका नामि विद्यालयमा अध्ययनरत छन् भने सुरज साउद कलुवापुरको स्थिानीय विद्यायमा कक्षा १०मा अध्ययनरत छन् ।

kanchanpur 1
घटनामा प्रयोग भएको चक्कु थान १, होटलको बिल लगायत माल सामान झलारी पिपलाडी नगरपालीका ११ स्थित सुनबरा नदीको छेउमा गाडिएको अवस्थामा बरामद भएको थियो । मृतकको सेतो रंगको नाकिया मोबाईल १ थान लुटिएका २२ सय भा.रु. र केही विदेशी रुपैया अभियुक्त कृष्ण सिंह साउदको डेरा बाट बरामद भएको थियो ।

सबै पक्राउ परेका अभियुक्तहरु लाई १० दिनको म्याद थपी थप अनुसानधन भईरहेको प्रहरी नायब उपरीक्षक केदार खनालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा