१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

होटल संचालकको हत्या गर्ने अभियुक्त प्रहरी द्वारा सार्वजनिक

१८ फाल्गुन २०७२, मंगलवार ११:०४

भाष्कर के.सी./फागुन १८, कञ्चनपुर । कञ्चनपुरको कलुवापुरका होटल व्यवसायी दामोदर अवस्थीको हत्यामा संलग्न रहेका चार जना युवकलाई आज प्रहरीले सार्वजनीक गरेको छ । प्रहरीले हत्याको आशंकामा झलारी–पिपलाडी नगरपालिका ११ का चार युवकलाई हिजो नै विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

कलुवापुर बजारमा रहेको न्यू बैतडी होटल एण्ड रेष्टुरेन्टका सञ्चालक ३८ वर्षिय दामोदर अवस्थीको हत्या आरोपमा दुई जनालाई महेन्द्रनगर र दुई जनालाई झलारी क्षेत्रबाट अञ्चल प्रहरी कार्यालय, क्षेत्रिय प्रहरी कार्यालय दिपायलको अनुसन्धान समुह (आर.आई.टी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रा.ना.उ. केदार खनाल र ई.प्र.का.झलारीबाट प्र.नि. सुदाम रावलको संयुक्त टोलीले अनुसन्धानको क्रममा पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा ईन्द्र देब भट्ट,, सुरज साउद , कृष्ण सिंह साउद (१८ वर्षका) र प्रदीप महरालाई (१९ वर्ष) थिए । पक्राउ परेका चारै जनाले आफुहरुले हत्यामा संलग्न रहेका स्विकारेका छन् ।

kanchanpur 2
आइतबार राति स्थिानिय नजिकैको विहेमा गएको, राति १२ बजे होटल साउजी अवस्थीलाई फोन गरेर साथै ढोकामा हानेर होटल खोल्न लगाई उनी संगै वसी लागु औषध चरेश सेवन गरेको त्यस पश्चता मदिरा र जुस खाएको, त्यसै क्रममा होटल साउजीले कृष्ण सिंह साउदले खाएको पुरानो विल सम्म रहेको बताए पछि होटल संचालक अवस्थी सुत्न गएका र उनी निधाए पछि ईन्द्र देब भट्ट र कृष्ण सिंह साउदले खुट्टा र छातीमा दबाएको प्रदिप महराले घटी रेटेको साथै सुरज साउदले ढोकामा आउने जाने मान्छे हेरेको स्विकारेका छन् ।

प्रदिप महरा बि.बि.ए., ईन्द्र देब भट्ट र कृष्ण सिहं साउद +२ मा महेन्द्रनगरका नामि विद्यालयमा अध्ययनरत छन् भने सुरज साउद कलुवापुरको स्थिानीय विद्यायमा कक्षा १०मा अध्ययनरत छन् ।

kanchanpur 1
घटनामा प्रयोग भएको चक्कु थान १, होटलको बिल लगायत माल सामान झलारी पिपलाडी नगरपालीका ११ स्थित सुनबरा नदीको छेउमा गाडिएको अवस्थामा बरामद भएको थियो । मृतकको सेतो रंगको नाकिया मोबाईल १ थान लुटिएका २२ सय भा.रु. र केही विदेशी रुपैया अभियुक्त कृष्ण सिंह साउदको डेरा बाट बरामद भएको थियो ।

सबै पक्राउ परेका अभियुक्तहरु लाई १० दिनको म्याद थपी थप अनुसानधन भईरहेको प्रहरी नायब उपरीक्षक केदार खनालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी