२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

पारिवारिक हेलचेक्र्याइँका कारण गर्भवतीको मृत्यु

२०७४, १३ जेष्ठ शनिबार ०४:०४

जेठ १३, जुम्ला | उच्च रक्तश्रावका कारण तिला गाउँपालिका–३ स्थित लुम्सेरा गाउँकी एक महिलाको अकालमा मृत्यु भएको छ । 

मृत्यु हुनेमा २७ वर्षीया ज्ञानु भट्टराई छन् । भट्टराईलाई बिहीबारदेखि व्यथा लागेको र तत्काल अस्पताल आउन नमानेका कारण शुक्रबार उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको मृतकका श्रीमान् जग्गीप्रसादले जानकारी दिनुभयो । भट्टराईलाई जुम्ला अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

भट्टराईको उच्च रक्तश्रावका कारण मृत्यु भएको प्रतिष्ठान जुम्लाका डा राजीव शाहले जानकारी दिनुभयो । “गर्भवतीलाई टेम्पुमा बेहोस अवस्थामा ल्याइएको थियो, होसमा नआई उनको मृत्यु भयो” उहाँले भन्नुभयो । रक्तश्राव अघिल्लो दिनदेखि भएको तर पारिवारिक हेलचक्र्याइँका कारण बिरामी समयमै अस्पताल पुर्याउन नसक्दा मृत्यु भएको उहाँको भनाइ छ । 

डा शाहका अनुसार ज्ञानुको यसअघि दुई वटा शल्यक्रियाबाटै शिशु निकालिएको थियो । स्थानीयवासीका अनुसार ज्ञानुलाई जुम्ला सदरमुकामबाट २० किमी दूरीको कुडारी लुम्सेरा गाउँबाट बसमा उपचार गर्न अस्पताल ल्याइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी