२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

हजार दिनका आमाका लागि पोषण तालिम

२०७४, १३ जेष्ठ शनिबार ०४:०७

जेठ १३, रोल्पा | सुत्केरीपछि हजार दिनका आमालाई पोषणयुक्त बाली उत्पादन, प्रविधि हस्तान्तरण र तरकारीबाट विभिन्न परिकार बनाउन सीप हस्तान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको छ । 

जिल्लामा हजार दिनका आमा तथा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको मात्रा अधिक रहेकाले त्यसको न्यूनीकरणका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताउनुभयो । कृषि तथा पशुजन्य उत्पादनबाट पोषण पाइने भएकाले जिल्लामा कृषिजन्य पोषण उत्पादनमा ध्यान दिइएको छ । 

जिल्ल्ला समन्वय समिति, जिल्ला शिक्षा – जिल्ला स्वास्थ्य– जिल्ला कृषि विकास – पशुसेवा – खानेपानी तथा सरसफाइ सब डिभिजन र महिला तथा बालबालिका कार्यालयबाट संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरिएको हो । हजार दिनका आमा, आमा समूहका सदस्य र महिला स्वास्थ्य स्वयम्सेविकालाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरिएकाले जिल्लाको कुपोषणको दर कम हुने अपेक्षा गरिएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी