टेक शाही | जेठ १४, डोल्पा | महिनावारि प्राकृतिक प्रकिया हो यो लाज नभैइ गर्भको बिषय हो यस बारे खुलेर कुरा गारै भन्ने मुल मन्त्रका साथ आत्मसाथ गर्दै डोल्पा जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही | जेठ १४, डोल्पा | महिनावारि प्राकृतिक प्रकिया हो यो लाज नभैइ गर्भको बिषय हो यस बारे खुलेर कुरा गारै भन्ने मुल मन्त्रका साथ आत्मसाथ गर्दै डोल्पा जि"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

महिनाबारि दिवस २०१७ भब्य रुपमा मनाइयो परिवर्तन आफैबाट गर्न महिलाहरुलाइ सुझाब

१४ जेष्ठ २०७४, आईतवार ०८:५१


टेक शाही | जेठ १४, डोल्पा | महिनावारि प्राकृतिक प्रकिया हो यो लाज नभैइ गर्भको बिषय हो यस बारे खुलेर कुरा गारै भन्ने मुल मन्त्रका साथ आत्मसाथ गर्दै डोल्पा जिल्लामा भब्य रुपमा महिनावारि सप्ताह मनाइएको छ । महिनावारि सम्बन्धी जानकारि द्धारा बदलिन्छ दुनिया सारा भन्ने मुख्य नारा सहति बृहत र्यालीका गरि महिनावारि सप्ताह्को समापन गरिएको किर्डाक नेपाल डोल्पाका जिल्ला सँयोजक सुरेन्द्र ढकालले जानकारि दिनु भयो । 

महिनावारि हुनु प्राकृतिक प्रकृया भएको भए पनि हाम्रो समाजमा आजका दिन सम्म पनि खुलेर बोल्ने गरेको पाइदैन । हरेक एक छोरी मान्छे महिनावारि हुने र यो प्राकृृतिक प्रकृया भएकोले यो कुनै पनि धर्मसँग  नजोडिने र महिलाले महिनावारि भएको बेलामा उसको खानपान,सरसफाइ,आरम लगायतका बिभिन्न बिषयमा ध्यान दिनु पर्ने जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष स्थानिय बिकास अधिकारि साग मिश्रले बताउनु भयो । 


डोल्पा जिल्लामा महिलाहरुले महिनावारि भएको बेलामा सरसफाइ र स्वास्थ्यमा ख्याल नँराख्ने गरेको कारण पनि महिलाहरुको पाठेघर खस्ने,रक्तसराव हुने,लगायतका ठुलाठुला समस्या आउने गरेको पाइन्छ । जिल्लाका अधिकाँश गाँउहरुमा महिनावारि भएको बेलामा छुटै कोठामा राख्ने र भान्सा देखि सार्वजानिक सभा सम्मेलनमा पनि खुलेर समाबेश नँहुने गरेको गैर सरकारी सँस्थाहरुको दावी रहेको छ । 

एक महिला अथवा छोरी मान्छेले महिनावारिको बिषयमा घरमा बसेर घरपरिवारसग खुलेर कुरा नँगर्ने अबस्थामा समाजमा त झनै अकल्पनिय कुरा मान्न सकिन्छ । जिल्लामा रहेका सरकारी कार्यालयमा र गैरसकारी कार्यालयमा महिनावारि भएको बेलामा सेनेटरि प्याड परिवतर्न गरि ब्यवस्थापन गर्न सम्मको ब्यवस्था गर्नु पर्ने र परिवर्तन हुदै जाने नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा डोल्पाका जिल्ला सँयोजक टेकम ओलीले बताउनु भयो । 


महिनावारि सम्बन्धी बिभिन्न जनचेतना मूलक सन्देश लेखेका पर्चा पम्पलेट सहित सयौको सँख्यामा महिला र बिभिन्न कार्यालयका कर्मचरिहरुको उपस्थितिमा दुनै बजारको परिक्रमा गरि महिनावारि सप्ताहको समापन गरिएको छ । आजैका दिन देखि महिनवारि सम्बन्धी खुलेर कुरा गर्न र आफनै घरपरिवारबाटै परिवर्तनको सूरुवात गर्न पर्ने भन्दै प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले सबैलाइ अुनरोध गर्नु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता