जेठ १४, (चन्द्रौटा) कपिलवस्तु | “हामि सवैको इच्छा आधारभुत नि शुल्क शिक्षा” भन्ने नाराका साथ आईतवार कपिलवस्तुको विजयनगर गाउपालिकाका २ वटा वडाहरु लाई शतप्रतिशत विद्यालय भर्ना घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १४, (चन्द्रौटा) कपिलवस्तु | “हामि सवैको इच्छा आधारभुत नि शुल्क शिक्षा” भन्ने नाराका साथ आईतवार कपिलवस्तुको विजयनगर गाउपालिकाका २ वटा वडाहरु लाई शतप्रतिशत विद्यालय भर्ना घ"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका २ वडामा शत प्रतिशत विद्यालय भर्ना घोषणा

१४ जेष्ठ २०७४, आईतवार १३:१२

जेठ १४, (चन्द्रौटा) कपिलवस्तु | “हामि सवैको इच्छा आधारभुत नि शुल्क शिक्षा” भन्ने नाराका साथ आईतवार कपिलवस्तुको विजयनगर गाउपालिकाका २ वटा वडाहरु लाई शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ । शतप्रतिशत विद्यार्थी भर्ना गरेको भन्दै वडा १ र २  तथा साविक गुगौलि गाविश ले  शतप्रतिशत आधारभुत तहका वालवालिका  विद्यालय भर्ना घोषणा गरेको हो ।

विजयनगर गाँउपालिका कार्यलयको आयोजनामा सो वडाहरुमा वैसाख ४ गतेवाट अभियान सुरु गरिएको थियो ।अभियान सुरुवात गरेपछि ११ सय १८ बालबालिकालाई विद्यालय भर्ना गरेकोले पुर्ण बिद्यालय भर्ना घोषणा गरिएको हो ।

 आइतवार गुगौलि स्वास्थ्य चौकिको प्राङगण  कालिका स्वालम्वन सामाजिक केन्द्र ,सेभद चिल्डेन, गाविश वाल विकाश केन्द्र र वडास्थित सबै विद्यालयहरुको संयुक्त पहलमा गाविसलाई शतप्रतिशत भर्ना घोषणा गर्न सफल भएको वडा सचिव गणेश गुरागाईले वताए।

विगतको वर्षमै घोषण गर्ने भनिएको भएतापनि एकै परिवारका ४ वालवालिकाहरु लाई अभिभावकले विद्यालय नपठाएपछि हुन सकेको थिएन । यस वर्ष विभिन्न संघ सस्था लागाएत को सक्रियतामा सो विद्यँर्थिहरुलाई विद्यालय ल्याउन सफल भई शत प्रतिशत भर्ना गराईएको कालिका स्वालम्वन सामाजिक केन्दका शिक्षा अधिकृत शिवशंकर चौधरिले वताए ।

अभियानका क्रममा श्री दुधाधारी मावि गुगौलिमा ११५ जना, जनजागृति मावि लोहोरौलामा २७० जना,नेपाल तारा मावि महुवावारिमा १९१ जना,आधारभुत विद्यालय थरौलीमा ८४ जना, प्रा वि नेउलागन्जमा ८८ जना, कामना प्रावि जवावैराठमा ७२ जना, जनचेतना पा्र वि गोवरहवामा ६२ जना, शान्ति दिप प्रा वि जर्लैयामा ६४ जना, मदरसा अहेल सुन्नत फैजाने नइायनमा ४० जना, मदरसा अहले सुन्नत फैजाने गरिव नवाज नइमिया मा ४२ जना, मदरसा नुरिमा ४० जना र अर्रा प्रा विमा ५० जना भर्ना भएको वताईएको छ ।

कार्यक्रममा वोल्दै जिल्ला शिक्षा कार्यलय कपिलवस्तुका निमित्त जिल्ला शिक्षा अधिकारि थानेश्वर अधिकारिले कपिलवस्तुको विकट क्षेत्र भएपनि यो अभियान सफल भएकामा खुसि व्याक्त गर्नुभएको छ ।शिक्षा कार्यलय वाट सहयोग हुनसक्ने क्षेत्रमा आफले सहयोग गर्ने अधिकारिले वताए ।

कार्यक्रममा विजयनगर गाउपालिकाका कार्यकारि अधिकृत रवेन्द्र चौधरिको अध्यक्षता निमित्त जिल्ला शिक्षा अधिकारि थानेश्वर अधिकारिको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला शिक्षा कार्यलय कपिलवस्तुका साहयक जिल्ला शिक्षा अधिकारि सुर्य भुषाल,इलाका प्रशासन चन्द्रौटाका साखा अधिकृत जगदिश अर्याल लगाएतले मन्तव्य दिएका थिए ।

- माधव बेल्वासे

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता