जेठ १४, कञ्चनपुर | कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ११ बस्ने २३ वर्षिय सागर चन्दको आफु कार्यरत कार्यालयकै कोठाको कम्पाण्डमा मृत्यु रहस्यमय मृत्यु भएको छ । यहि जेठ ९ ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १४, कञ्चनपुर | कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ११ बस्ने २३ वर्षिय सागर चन्दको आफु कार्यरत कार्यालयकै कोठाको कम्पाण्डमा मृत्यु रहस्यमय मृत्यु भएको छ । यहि जेठ ९ ग"/>
१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका २३ बर्षिय युवाको नेपालगञ्जमा रहस्यमय मृत्यु

१४ जेष्ठ २०७४, आईतवार १५:१८

जेठ १४, कञ्चनपुर | कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ११ बस्ने २३ वर्षिय सागर चन्दको आफु कार्यरत कार्यालयकै कोठाको कम्पाण्डमा मृत्यु रहस्यमय मृत्यु भएको छ । यहि जेठ ९ गते राती बाँके जिल्ला नेपालगञ्ज उप महानगरपालिका वडा नं. १३ बुलबुलिया स्थित साना तथा मझौला कृषक आय स्तर बृद्धि आयोजना (RISM-FP) को कोठामा भएको घटना प्रति उनका आफन्तले आपती जनाएका छन् ।

(RISM-FP) मा सव ईन्जिनियर पदमा कार्यरत चन्द १० गते बिहान मृत्य फेला परेको थिए । रातीको समयमा भएको उक्त घटनाबारे चन्दको कोठामा बस्ने कर्मचारी लगायत सोही कोठामा बस्ने कर्मचारी घटनाबारे अनविज्ञता व्यक्त गरिरहेका छन् ।

 एउटै कोठामा बस्ने कर्मचारीहरुले घटनाबारे दोस्रो दिनको विहान मात्रै जानकारी पाएको बताएका छन् । उक्त घटनाको प्रारम्भिक रिर्पोटमा विषादि सेवन गरि घरको छतबाट हाम फालेर मृत्यु भएको भन्ने जस्ता सुचना प्रति हाम्रो आशंका र आपत्ति रहेको आफन्तले निकालेको प्रेस बिज्ञप्तीमा उल्लेख छ । घटनाको प्रकृति र घटनास्थल हेर्दा उक्त घटना आत्माहत्या नभएर मृतक चन्दमाथी परिपञ्च रचि योजनाबद्ध रुपमा हत्या गरे गराइएको जस्तो देखिन्छ । मृतक सागर हिजो आजका दिनमा आफ्नो सफलतापुर्ण सामान्य जीवनयापन गर्दै आएको अवस्था स्पष्ट छ ।

सागरको पारिवारिक अवस्था पनि राम्रो रहेको र कुनै त्यस्तो आत्महत्या गरिहाल्नुपर्ने ठोस् कारण पनि कुनैकतैबाट देखिदैन, छैन पनि । यस घटनाबारे आत्महत्या गरेको कुरा भ्रमपुर्ण र  भुटो हो, घटना  कसैले परिपञ्च रचि घटना गराइएको हो भन्ने कुरामा तपसिलका तथ्यहरुको आधारमा हामीहरुलाई विश्वास लागेकोले  घटनाबारे जिल्ला प्रहरी कार्यालय बाँकेमा मिति २०७४ जेठ १० गते मृतक सागर चन्दका बुवा दिपेन्द्र बहादुर चन्दले कर्तव्य ज्यान मुद्धा सम्बन्धि जाहेरी दिइ सकेकोले उक्त घटनाको सत्य तथ्य छानविन गरि सक्दो चाडो  दोषिमाथी कानुनी कार्वाही  गर्न सम्बन्धित निकायलाई ध्यान आकर्षण गराउदछौ ।

साथै उक्त घटनाको सत्य तथ्य बाहिर ल्याई हामी पिडित परिवारलाई सहयोग गरिदिन हुन सम्पुर्ण न्यानप्रेमी, नागरिक समाज तथा संचारकर्मीहरुमा आग्रह गर्दछौ भनी उनका सहोदर दाई राकेश चन्दले हस्ताक्षर गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल