सागर शर्मा | जेठ १५, प्युठान | १० औं गणतन्त्र दिवसको अवसर पारेर जिल्ला अस्पताल प्युठानमा भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण तथा रक्तदान कार्यक्रम गरिएको छ । समाजका लागि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा | जेठ १५, प्युठान | १० औं गणतन्त्र दिवसको अवसर पारेर जिल्ला अस्पताल प्युठानमा भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण तथा रक्तदान कार्यक्रम गरिएको छ । समाजका लागि"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

गणतन्त्र दिवसमा फलफुल वितरण तथा रक्तदान

१५ जेष्ठ २०७४, सोमबार १०:२२


सागर शर्मा | जेठ १५, प्युठान | १० औं गणतन्त्र दिवसको अवसर पारेर जिल्ला अस्पताल प्युठानमा भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण तथा रक्तदान कार्यक्रम गरिएको छ । समाजका लागि युवाको १ दिने कार्यक्रम अन्तर्गत जिल्ला युवा समितीले सो कार्यक्रम गरेको हो । 

कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायधिस बासुदेव न्यौपानेले गणतन्त्र संस्थागत हुने चरणमा रहेको वताउनुभयो । उहाँले देश परिवर्तका संवाहक युवा भएकाले गणतन्त्र संस्थागत गर्नमा युवाको भुमिका महत्वपूर्ण हुने वताउनुभयो । कार्यक्रमका विषेश अतिथि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले आजको दिन नेपालको सन्दर्भमा ऐतिहासिक भएको वताउदै गणतन्त्र स्थापना पछि मात्र अन्य सामाजिक ,आर्थिक, क्षेत्रको विकास हुने वताउनुभयो । साथै रेडक्रस प्युठानका सभापति गुमानराज पुलामीले रक्तदानको विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा जिल्ला युवा समिति प्युठानका अध्यक्ष नेगन सिंह कुवरले समाजको विकास गर्नमा युवाहरुको महत्वपूर्ण भुमिका  रहेको बताउनुभयो । 

दिवसको अवसरमा आईतबार सहिद स्मारक पार्कको सिलान्यास, सोमबार प्रभातफेरी, बिरामीलाई फलफुल वितरण, रक्तदान सम्वन्धि चेतनामुलक कार्यक्रम र  मंगलबार दिपावली गरि दिवस मनाउने कार्यक्रम रहेको जिल्ला समन्वय समिति प्युठानका स्थानिय विकास अधिकारी तथा गणतन्त्र दिवस मुल समारोहका संयोजक  ईन्द्र प्रसाद बस्यालले वताउनुभयो ।

 कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, प्युठान क्याम्पस, झिमु्रक क्याम्पस र स्वर्गद्धारी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेका थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता