2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सीप सिकेर व्यवसाय थाल्दै मुक्तकमैया

जेठ २५, धनगढी । पक्की घरमा बस्न पाइएला भनेर मुक्तकमैया सुन्दरी चौधरीले कहिल्यै सोच्नुभएको थिएन । तर कमैया मुक्तिपछि उहाँको परिवार अहिले पक्की घर बनाउने हैसियतमा पुगेको छ । 

सुन्दरीका श्रीमान् नरेश डकर्मी काम गर्नुहुन्छ । सुन्दरीले आफ्ना श्रीमान्को कामलाई सघाउँदै आउनुभएको छ । आफैँसँग घर निर्माणको सीप भएकाले कम लागतमा घर निर्माण गर्न सक्नेमा उहाँ आशावादी हुनुहुन्छ । 

“डकर्मीको काम भ्याइनभ्याई छ,” चौधरीले भन्नुभयो । आर्थिक अवस्था कमजोर भएकै कारण विगतमा छोराछोरीलाई विद्यालय पठाउन नसकेपनि अहिले उहाँले चार छोराछोरीलाई विद्यालय भर्ना गर्नुभएको छ । 

कैलालीको चौमालाका एक जना साहुमहाजनको घरमा कमैयाको रुपमा काम गरेका सुन्दरीको परिवार मुक्तिपछि धनगढीको पुरानो हवाई मैदानमा अन्य मुक्तकमैया परिवारसँगै कच्ची घरमा बस्दै आएको छ । पुरानो हवाई मैदानमा बसेका मुक्तकमैया परिवारलाई प्रतिपरिवार पाँच धुर जग्गा उपलब्ध गराउन पहल थालेको छ । जग्गाको पुर्जा नपाउँदै कतिपय मुक्तकमैया परिवारले पक्की घर निर्माण थालेका छन् । यहाँ करिब ५० मुक्तकमैया परिवारको बसोबास छ । 

आर्थिक अवस्था कमजोर रहेका मुक्तकमैयाले पछिल्लो पटक स्वरोजगारमूलक व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । त्यही कमाइबाट उनीहरुको जीवनमा ठूलो परिवर्तन आएको छ । 

मुक्तकमैया गोपाल चौधरी विद्युतीय रिक्सा चलाउनुहुन्छ । उहाँले रु चार लाखमा रिक्सा खरिद गर्नुभएको हो । “मासिक किस्ता तिर्न र घर खर्चको जोहो गर्न पुगेको छ,” उहाँले भन्नुभयो । चौधरीले पक्की घर निर्माणको कार्य अगाडी बढाउनुभएको छ । 

जिल्ला भूमिसुधार कार्यालयका प्रमुख लक्ष्मण कठायतले हालसम्म झन्डै चार हजार मुक्तकमैयालाई विभिन्न सीपमूलक र आयमूलक तालिम प्रदान गरिएको बताउनुभयो । करिब ७० प्रतिशतले आफ्नो सीपको सदुपयोग गरेको उहाँको भनाइ छ । मुक्तकमैयाले सिकर्मी, डकर्मी, सिलाइकटाइ, बङ्गुरपालन, कुखुरापालन, तरकारीखेतीलगायत विषयमा तालिम लिएका छन् । 

मुक्तकमैया पुनःस्थापना जिल्ला समितिका सदस्य सचिवसमेत रहनुभएका कठायतले पुनःस्थापित भएका मुक्तकमैयालाई घर बनाउन चाहिने काठबापत प्रतिपरिवार रु एक लाख उपलब्ध गराएको बताउनुभयो । जिल्लामा पहिचान भएका आठ हजार ९०० मुक्तकमैया परिवारमध्ये अधिकांशलाई पुनःस्थापित गरिएको छ । झन्डै ६०० परिवारलाई पुनःस्थापित गराउन बाँकी छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई