पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ २५, रुकुम । </b>खेतमा रोपाइको काम सकेर घर फर्कदै गर्दा बाटोमा लडेर आज एक जनाको मृत्यु भएको छ । <br></p><p>मृत्यु हुनेमा रुकुम चौरजहारी नगरपालिका–५ का ४८ वर्षीय महावीर ओली रहेको छ । </p><p>बाटोमा लडेका ओली चौरजहारी टार सिँचाइ आयोजनाको नहरमा डुबेको अवस्थामा स्थानीयले आज दिउँसो फेला पारेको इलाका प्रहरी कार्यालय चौरजाहारीले जनाएको छ । रासस </p>

