टेक शाही/आसाढ ४, डोल्पा । डोल्पा जिल्लाको ठुली भेरि नगरपालिकाको वडा न ३ मा रहेको दुनै बजार आइतबार बिहान सरसफाइ गरिएको छ । 

बिहान ८ बजे कालिका मन्दीरबाट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/आसाढ ४, डोल्पा । डोल्पा जिल्लाको ठुली भेरि नगरपालिकाको वडा न ३ मा रहेको दुनै बजार आइतबार बिहान सरसफाइ गरिएको छ । 

बिहान ८ बजे कालिका मन्दीरबाट"/>

2026-10-29 05:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

ठुली भेरि नगरपालिकाको दुनै बजार सरसफाइमा को-को सहभागी भए ?

टेक शाही/आसाढ ४, डोल्पा । डोल्पा जिल्लाको ठुली भेरि नगरपालिकाको वडा न ३ मा रहेको दुनै बजार आइतबार बिहान सरसफाइ गरिएको छ । 

बिहान ८ बजे कालिका मन्दीरबाट सूरु गरि तिप्ला पानि सम्मो बजार क्षेत्रमा सरसफाइ गरेको छ । ठुली भेरिनगरपालिकाका कार्यकारि अधिकृत,नगरपालिकाका वडा सचिवहरु,कर्मचारिहरु, वडाका अध्यक्ष र स्थानियहरुको उपस्थितिमा नगररपालिकाको दुनै बजार सरसफाइ गरिएको ठुली भेरि नगरपालिकाले जानकारि दिएको छ । 

गएको १४ महिना पहिले खुल्ला दिशामूक्त गाविस घोषणा भएको साविकको दुनै गाविसमा सरसफाइका बिभन्न कृयाकलापहरु गरिदै आएको छ । बिभिन्न समयमा बिभिन्न क्रियाकालाप तथा सरसफाइका कार्यक्रम गरे पनि बालुवामा पानि आलैकै जस्तो भएको छ । दुनै बजारको छेउमा नै भेरी नदि बग्ने गरेको छ तर दैनिक जम्मा हुने फोहोर र सौचालयका ढलहरुले अहिले पनि भेरि नदिले सवच्छताको साहस लिन पाएको छैन । 

२० बर्षको लामो अन्तरला पछि स्थानिय तहको निर्वाचन भएको र निर्वाचनले जनपतिििनधि छनौट गरि सकेकोले अब जन प्रतिनिधिको हैसियतले सुन्दर सफा दुनै बजार अर्थात सुन्दर वडा नँ ३ बनाउने आफनो पहिलो लक्ष्या तथा कार्यक्रम रहेकोले आफैले दुनै जारको सरसफाइको अभियान थालनि गरेको नवनिर्वाचित अध्यक्ष अर्ण बहादुर न्यौपानेले बताउनु भयो । अब हरेक हप्ताको एक दिन दुनै बजारको सरसफाइ गरिने र स्थानियलाइ जागरुक बनाउदै स्वच्छ सफा र हरभरा दुनै बनाउने पनि अध्यक्ष न्यौपानेले बताउनु भयो । 

गएको एक साता पहिले सरसफँइ सप्ताहमा नेपाली सेना र नपाल प्रशरिले दुनै बजार तथा भेरि नदिको सरसफाइ गरेका थिए । सरसफाइ गरेको एक साता नँबित्दै आइतबार नगपालिका र वडाले सरसफाइ गरेको छ । यसरि साप्ताहिक रुपमा सरसफाइ गर्नु सकारात्मक भएको र अब स्थानियलाइ पनि जागरुक गराउदै जानु पर्ने र भेरिमा मिसाइएका ढलहरु बन्द गराउनु पर्ने भन्दै सरसफाइमा लाग्न प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले अनुरोध गर्नु भयो । 

दुनैको भेरि नदिमा फोहोराको ढगँुर जस्तै अबस्थाामा देखिने भएकोले बिभिन्न समयमा बिभिन्न निकायले सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएका छन । गएको ८ महिना अगाडि  नागरिक समाज डोल्पाले दुनै बजारको बिभिन्न स्थानमा निगालोको डोको राखेर फोहोर सँकलन गरि ब्यवस्थापन गर्न सहज मिलोस भनि डोको अभियान सूरु गरेको थियो तर त्यो अभियान पनि सफल भएन । अन्ततः सरसफाइमा स्थानियलाइ नै जागूरु गारउनु पर्ने सरोकारवालाहरुको ठम्मयाइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ