पढ्न करिब 2 मिनेट लाग्छ

दिपक अनुरागी/ असार ६, कपिलवस्तु । सोमबार राती कपिलवस्तुको वाणगंगा नगरपालिका ८ चप्परगाउँमा बस र ट्रक ठोक्किएका छन् ।

दुर्घटनामा बस चालकको घटनास्थल मै मृत्यु भएको छ । अरु १५ जना यात्रु घाईते भएका छन् । मृत्यु हुनेमा बाँके पटनापुर २ का २६ बर्षिय धनबहादुर पाण्डे रहनुभएको छ ।

घाइतेहरुको बुटवलमा उपचार भैरहेको इलाका प्रहरी कार्यलय पिपराले जनाएको छ । घाईते सबैका अवस्था सामान्य रहेको इन्पेक्टर राजु कार्कीले जानकारी दिनुभयो ।

काठमाडौबाट नेपालगन्ज तर्फ हिडेको ना ५ ख ७४९० नम्बरको मेट्रो डिलक्स र पश्चिमबाट पुर्व तिर गइरहेको लु १ ख ७६६९ नम्बर को माल बाहक ट्रक आइतबार राती ठोक्किएका हुन् । तीव्र गतिमा रहेका दुवै गाडी कसको कारणले ठोक्किएका हुन् भन्ने बारे अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ ।

अर्घाखाचीमा चुनावी अभियानको जीप पल्टियो

यता अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आइतबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । लु १ ज १९५८ नम्बरको जिप दुर्घटना हुँदा २५ वर्षीय अर्जुन घिमिरेको मृत्यु भएको हो । घाइते ९ जनाको मिसन अस्पताल तानसेन पाल्पामा उपचार भैरहेको बताइएको छ । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिनुभयो ।

जिप असार १४ गते हुने स्थानीय तहको चुनावका लागि नेपाली कांग्रेसको प्रचारमा हिडेको थियो । पाणिनी वडा नम्बर ४ बाट वडा नम्बर ५ मैदान तर्फ जांदै गर्दा सडकबाट करिब २० मिटर तल खसी दुर्घटना भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।