टेक शाही/असार ७, डोल्पा । पूर्ण सरसफाइ सम्बन्धी ३ दिने तालिम मँगलबार एक कार्यक्रमका बिच समपन्न भएको छ । 

डोल्पा जिल्लाको सरसफाइको अबस्था आगामि दिनमा कसरि अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/असार ७, डोल्पा । पूर्ण सरसफाइ सम्बन्धी ३ दिने तालिम मँगलबार एक कार्यक्रमका बिच समपन्न भएको छ । 

डोल्पा जिल्लाको सरसफाइको अबस्था आगामि दिनमा कसरि अ"/>

2026-09-03 06:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

पूर्ण सरसफाइ सम्बन्धी ३ दिने तालिम सम्पन्न

टेक शाही/असार ७, डोल्पा । पूर्ण सरसफाइ सम्बन्धी ३ दिने तालिम मँगलबार एक कार्यक्रमका बिच समपन्न भएको छ । 

डोल्पा जिल्लाको सरसफाइको अबस्था आगामि दिनमा कसरि अगाडि बढ्ने भन्ने बिषयमा जानकारि गराउन र जिल्लामा सरसफाइको अबस्थालाइ कसरि प्रभावबकारि बनाउने भन्ने बिषयमा सचेतना गराउनको लागि पूर्ण सरसफाइ समबन्धी ३ दिनको तालिम दिइएको जिल्ला खानेपानि सरसफाइ तथा स्वच्छता समन्वय समितिले जानकारि दिएको छ । 

तालिमका क्रममा स्वच्छकार सौचालयको प्रयोग तथा सुचकहरु, सफा र स्वच्छ गाँउ घर समुदाय तथा सस्थाका सुचकहरु, आनिबानी परिर्बतनका लागि सञ्चार, महिनावारी स्वच्छता ब्यवस्थापन, जस्ता विषयको छलफल तथा अभ्यास गरिएको थियो । 

आतइबार देखि सूरु भएको तालिम मँगलबार एक कार्यक्रमका बिच समापन गरिएको हो । ३ दिन सम्म तालिममा सरोकारवाला निकायका ब्यक्तिहरुको उपस्थितिमा डोल्पा जिल्लामा अबका दिनमा हरेक ब्यक्तीलाइ सरसफाइ समबन्धी सचेतना कसरि गारउन सकिन्छ र आगामि दिनमा हरेक नागरिक सरसफाइमा पोख्त भएको बनाउन सकिन्छ भन्ने बारेमा सचेत गारउनको लागि तालिम दिइएको डिवाससिसिका जिल्ला सँयोजक स्थानिय बिकास अधिकारि सागर मिश्रले बताउनु भयो । 

गएको मँसिर २५ गते डोल्पा जिल्लाको मुकोट गाबिस डोल्पा जिल्लाको अन्तिम खुल्ला दिशामूक्त गाविसको रुपमा घोषणा गरिएको थियो । डोल्पा जिल्ला खुल्ला दिशामूक्त गाविस पूर्ण रुपमा भए पनि जिल्लालाइ नै खुल्ला दिशामूक्त जिल्ला घोषणा गर्न सकिएको छैन । नेपाललाइ नै सन २०१७ सम्ममा खुल्ला दिशामूक्त घोषणा गर्ने लक्ष्य रहेको छ तर डोल्पा जिल्ला भने हाल सम्म घोषना गर्न सकिएको छैन । तर अब यहि असार महिना भित्रमा डोल्पा जिल्लालाइ खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने डिवाससिसि डोल्पाले प्रतिबद्धता जनाएको छ । 

जिल्ला खानेपानि सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा एसएनभि नेपाल र नेपाल रेडक्रस सोसाइटि जिल्ला साखाको समन्वयमा तालिमको आयोजना गरिएको थियो । जिल्लाका साबिकका सबै गाविस तथा २ नगरपालिका र ६ वटा गाँउपालिकाहरु खुल्ला दिशामूक्त भएका र अब क्रमिक रुपमा जिल्लामा पूर्ण सरसफाइका क्रियाकलापहरु सुरु गर्न लागिएकोले जिल्ला खुल्ला दिशामूक्त हुनेमा ढुक्क रहन र यसमा गैरसराकारी निकाय एसएनभि नेपाल नेपाल रेडक्रस सोसाइटि डोल्पा लगातका सबै क्षेत्रका निकायले सहयोग गरेकोमा सब डिभिजन प्रमूख उमेश झाले धन्याबाद दिनु भयो । 

सबै कुरा एकै पटक कायापल्ट गर्न नँसकिने र  सरसफाइ मात्र होइन हरेक कुरा सरकारको निति तथा कार्यक्रम भएको भए पनि परिवर्तन भनेको आफैले गर्नु पर्ने र सरसफाइका कुरा अरुबाट सिक्नु पर्छ तर यस्ता अबसर प्रदान गर्नु पर्ने प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले बताउनु भयो । डोल्पा जिल्ला पहिलेको जस्तो नँभएको र हरेक नागारिकका लागि अबसर दिनु पर्ने त्यस्का साथै जिल्लामा कोहि ब्यक्तिलाइ आर्थिक तथा अन्यकारणले सौचालय निमार्ण र सरसफाइका क्रिययाकलापबाट बञ्चित भएको छ भने जानकारि गारउनुका साथै त्यस्ता ब्यक्तिका लागि आवास्यक सहयोग गर्न सकिने पनि आचार्यले बताउनु भयो । 

जिल्लाका सबै गाविसहरु खुल्ला दिशामूक्त भएको र जिल्लालाइ अब यहि असार महिना भित्रमा खुल्ला दिशामूक्त जिल्ला घोषणा गर्ने तालिममको समापन कार्यक्रममा जिल्ला खानेपानि सरसफाइ तथा स्वच्छता समन्वय समितिका सँयोजक स्थानिय बिकास अधिकारि सागर मिश्रले प्रतिबद्धता जनाउनु भयो । 

हिजाको दिनमा जस्तो सुकै समास्या तथा चुनौतिहरु आएको भए पनि यो आर्थिक बर्ष सकिनु भन्दा केहि दिन बाँकी रहेको बेला केहि राम्रा र समाज परिवर्तनका क्रियाकलाप गरेर मात्रै यो आर्थिक बर्षको बिदाइ गर्ने पनि मिश्रले बताउनु भयो । 

तिन दिनको तालिममा सहभागिहरुलाइ प्रशिक्षण दिदै एसएनभि नेपालका वास सल्लाहकार टिकाराम खड्काले सरसफाइका क्षेत्रमा दैनिक छलागँ मारि रहेकोले अब हरेक ब्यक्तिले आ आफनो क्षेत्रमा लागि परेमा कुनै पनि कुराको परिवतर्न हुने बताउनु भयो । डोल्पा जिल्लामा दैनिक जसो सरसफाइ तथा स्वच्छताका चेतना मुलक कुनै न कुनै क्रियाकलाप भइ रहेका र सरसफाइ स्वच्छता सबैको साझा र अनिबार्य सवाल भएको पनि खड्काले बताउनु भयो । 

क्षेत्रिय खानेपानि सरसफाइ तथा स्वच्छता समन्वय समितिले एक पटक अनुगमन गरि सकेको र जिल्लामा सरसफाइका क्रियाकलापहरु भइ रहेकाले अब डोल्पा जिल्लालाइ खुल्ला दिशामूक्त जिल्लाका रुपमा घोषणा गर्न कुनै पनि समस्या नँभएको जिल्ला खानेपानि सरसफाइ तथा स्वच्छता समन्वय समिति दाबि गरेको छ । 

सराकारी तथा गैरसरकारी निकायले अहिले पनि डोल्पा जिल्लामा सरसफाइका क्रियाकलापहरु दैनिक तिव्रताका साथ अगाडि बढाइ रहेको पनि डिवाससिसिको दावि रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही