2026-10-11 08:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब विदेशमा मृत्यु भएका श्रमिक परिवारलाई १० लाख क्षतिपूर्ति

काठमाडौँ | वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतक परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्। यसअघि सरकारले विदेशमा ज्यान गुमाएका मृतक कामदारका परिवारलाई ७ लाख रुपैयाँ दिँदै आएको थियो। यो रकम बढाएर १० लाख पुर्‍याइएको हो।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले वैदेशिक रोजगार नियमावली २०६४ मा छैटौँ संशोधन गरेर ७ लाखको क्षतिपूर्ति रकम १० लाख पुर्‍याउने निर्णय गरेको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ। ७ लाख क्षतिपूर्ति रकमलाई १० लाख रुपैयाँ पुर्‍याइएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए। उनका अनुसार नियमावली राजपत्रमा प्रकाशित भएपछि क्षतिपूर्ति कार्यान्वयनमा आउनेछ। ‘दसैँपछि मृतक कामदारको परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउँछन्’, उनले भने।

२०७४ सालसम्म वैदेशिक रोजगारका क्रममा मृत्यु हुने आश्रित परिवारले ३ लाखको क्षतिपूर्ति रकम पाउने गरेकोमा ४ लाख बढाएर ७ लाख रुपैयाँ पुर्‍याइएको थियो।

हाल मृतक कामदारका परिवारले बिमा कम्पनीबाट पोलिसीको सर्तअनुसार १४ लाख रुपैयाँसम्म पाउने गरेका छन्। नियमावली परिवर्तनपछि बिमा र अन्य क्षतिपूर्तिसहित मृतकका परिवारले २४ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउने बोर्डले जनाएको छ।

श्रमिकले कल्याणकारी कोषका लागि २ हजार ५ सय रुपैयाँसम्म जम्मा गर्नुपर्ने प्रावधान छ। तीन वर्षभन्दा थोरै समयका लागि रोजगारीमा जानेले १५ सय र ३ वर्षदेखि १० वर्षसम्मको समयका लागि जानेले कल्याणकारी कोषमा २५ सय बुझाउनुपर्नेछ। यसरी जम्मा भएको रकमबाट बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारलाई क्षतिपूति विवरण गर्दै आएको छ।

हाल साप्ताहिक औसतमा २० जना मृतकका आश्रित परिवारले क्षतिपूर्ति बुझ्ने गरेको बोर्डको तथ्यांकमा छ। क्षतिपूर्ति रकम बढे पनि श्रम स्वीकृतिका लागि वैदेशिक रोजगारमा जाने कामदारले थप रकम कोषमा बुझाउनुपर्नेछ।

बोर्डले वैदेशिक रोजगारमा मृत्यु तथा अंगभंग भएका व्यक्तिका आश्रित परिवारलाई राहतका लागि स्थानीय तहबाटै निवेदन दिने र सम्बन्धित हकवालाको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाएको छ। त्यसैगरी घाइते वा अंगभंग कामदारको उपचार खर्च पनि बोर्डले व्यहोर्ने नियमावलीमा व्यवस्था छ।वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतक परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्। यसअघि सरकारले विदेशमा ज्यान गुमाएका मृतक कामदारका परिवारलाई ७ लाख रुपैयाँ दिँदै आएको थियो। यो रकम बढाएर १० लाख पुर्‍याइएको हो।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले वैदेशिक रोजगार नियमावली २०६४ मा छैटौँ संशोधन गरेर ७ लाखको क्षतिपूर्ति रकम १० लाख पुर्‍याउने निर्णय गरेको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ। ७ लाख क्षतिपूर्ति रकमलाई १० लाख रुपैयाँ पुर्‍याइएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए। उनका अनुसार नियमावली राजपत्रमा प्रकाशित भएपछि क्षतिपूर्ति कार्यान्वयनमा आउनेछ। ‘दसैँपछि मृतक कामदारको परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउँछन्’, उनले भने।

२०७४ सालसम्म वैदेशिक रोजगारका क्रममा मृत्यु हुने आश्रित परिवारले ३ लाखको क्षतिपूर्ति रकम पाउने गरेकोमा ४ लाख बढाएर ७ लाख रुपैयाँ पुर्‍याइएको थियो।

हाल मृतक कामदारका परिवारले बिमा कम्पनीबाट पोलिसीको सर्तअनुसार १४ लाख रुपैयाँसम्म पाउने गरेका छन्। नियमावली परिवर्तनपछि बिमा र अन्य क्षतिपूर्तिसहित मृतकका परिवारले २४ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउने बोर्डले जनाएको छ।

श्रमिकले कल्याणकारी कोषका लागि २ हजार ५ सय रुपैयाँसम्म जम्मा गर्नुपर्ने प्रावधान छ। तीन वर्षभन्दा थोरै समयका लागि रोजगारीमा जानेले १५ सय र ३ वर्षदेखि १० वर्षसम्मको समयका लागि जानेले कल्याणकारी कोषमा २५ सय बुझाउनुपर्नेछ। यसरी जम्मा भएको रकमबाट बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारलाई क्षतिपूति विवरण गर्दै आएको छ।

हाल साप्ताहिक औसतमा २० जना मृतकका आश्रित परिवारले क्षतिपूर्ति बुझ्ने गरेको बोर्डको तथ्यांकमा छ। क्षतिपूर्ति रकम बढे पनि श्रम स्वीकृतिका लागि वैदेशिक रोजगारमा जाने कामदारले थप रकम कोषमा बुझाउनुपर्नेछ।
बोर्डले वैदेशिक रोजगारमा मृत्यु तथा अंगभंग भएका व्यक्तिका आश्रित परिवारलाई राहतका लागि स्थानीय तहबाटै निवेदन दिने र सम्बन्धित हकवालाको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाएको छ। त्यसैगरी घाइते वा अंगभंग कामदारको उपचार खर्च पनि बोर्डले व्यहोर्ने नियमावलीमा व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध