Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दैलेखमा ट्रयाक्टरबाट खसेर एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १४, दैलेख । दैलेखमा ट्रयाक्टरबाट खसेर एकजनाको ज्यान गएको छ ।

सहारे खानेपानी आयोजनाका मजदुर लिएर सदरमुकामबाट भवानीका लागि छुटेको ट्रयाक्टरबाट खसेर १९ वर्षका सहचालक जयबहादुर बस्नेतको ज्यान गएको हो ।

लु १ त ५४८९ नम्वरको गुडिरहेको ट्रयाक्टरमा मोवाइलमा कुरा गरिरहेका बेला डण्डी समाएको बायाँ हात छुटेपछि सडकको भित्तामा ठोक्किएर सडकमा खसेको र उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।