2026-09-21 10:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

फेसबुक प्रेम: पेटमा गर्भ रहेको थाहा पाएपछि ब्लक गरेर प्रेमी भागेपछि..

मकवानपुर | मकवानपुरको थाहा नगरपालिका-४, शिखरकोटस्थित एक सार्वजनिक शौचालय नजिक झाडीमा नवजात शिशु भेटियो । बुधबार साँझ बच्चाको रोदन सुनेर स्थानीयहरूले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थल पुगेर शिशुलाई उद्धार गर्‍यो।

प्रहरीका अनुसार झापाको अर्जुनधारा नगरपालिका-६ घर भई हाल काठमाडौँमा बसोबास गर्ने मेनुकाले आफ्नो १० दिनको शिशु झाडीमा फालेको स्वीकार गरेकी छिन्। सानै उमेरमा विवाह गरेकी उनको श्रीमान्‌को ४ वर्षअघि गाडी दुर्घटनामा मृत्यु भएको थियो। दुई सन्तानकी आमा मेनुकाले तेस्रो सन्तानका रूपमा उक्त शिशु जन्माएकी थिइन्।

मेनुकाले प्रहरीलाई दिएको बयानअनुसार उनको केही वर्षअघि फेसबुकमार्फत पुरुषसँग माया बस्यो। तिनै पुरषसँगको शारीरिक सम्पर्कबाट मेनुकाको पेटमा गर्भ रहन पुग्यो। तर यो थाहा पाउनासाथ फेसबुकमा मेनुकालाई ब्लक गर्दै ती पुरुष बेपत्ता भएका थिए।

१० दिन पहिले थापाथली अस्पतालमा शिशु जन्मिएपछि मेनुका आफूले आफैँको दिदीको घरमा गएको बताउँछिन्। पहिलाको श्रीमान् नभएको मान्छेले बच्चा जन्मायो भनेर घरबाट हेला गरेपछि दिदीको घर आएर बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घरमा स्वीकृति नपाएको र मानसिक दबाबका कारण उनले शिशुलाई झाडीमा फालेको स्वीकार गरेकी छिन्।

अहिले शिशुलाई मेनुकाको जिम्मा लगाइएको र शिशुको अवस्था पनि सामान्य रहेको प्रहरीले बताएको छ। मेनुकाले दिएको बयानको आधारमा प्रहरीले ती पुरुषको खोजी समेत सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो