2026-10-18 08:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

संविधानमा धर्म निरपेक्षता राख्न माग गर्दै बाजागाजा सहित धार्मिक प्रदर्शन

प्रकाश धौलाकोटी, भदौ ११, तेह्रथुम । धर्म निरपेक्षता, पहिचान र समान अधिकारको माग गर्दै तेह्रथुम जिल्ला स्थित बिभिन्न धार्मिक संगठनहरुले बुधबार सदरमुकाम म्याङलुङमा धार्मिक तथा सास्कृतिक र्याली र कोणसभा सहित प्रदर्शन गरेका छन् ।

संबिधान निर्माण पक्रिया कार्य अन्तिम चरणमा पुगिसक्दा पनि सबैको पहिचान , समानता र अधिकारको लागी सरकार बिच भएको सम्झौता अनुरुप संबिधान जारी गर्न नखोजिएको भन्दै बिभिन्न धार्मिक संगठनहरुले र्धािर्मक तथा सास्कृतिक आन्दोलन गरेका हुन् ।

पहिचान र धर्म निरपेक्षता साथै धार्मिक बिभेदको रक्षार्थ भन्दै गठित उत्पीडन बिरोेधी संयुक्त राष्ट्रिय मोर्चा द्धारा आयोजित र्याली सदरमुकाम म्याङलुङ स्थित बर्षपार्क बाट सुरु भई बजार पुर्ण रुपमा र्यालीले परिक्रमा गरि स्थानिय लोकतान्त्रिक चौकमा कोणसभा समेत सम्पन्न भएको छ ।

धर्म निरपेक्ष कायम गर्नुपर्ने ,धार्मिक बिभेद अन्त्य गर्दै धार्मिक सहिष्षुणता कायम गर्नुपर्ने लगायतका माग राख्दै निकालिएको र्यालीमा २ सय बढि बिभिन्न धर्माबलम्बी भक्तजन र धार्मिक तथा जातिय संघ सस्थाहरु सहभागी थिए । बिभिन्न किसीमका शान्तिपुर्ण नाराहरु सहित बजार परिक्रमा गरेको र्याली जिल्ला प्रशासन कार्यलय परिसरमा पुगि उत्पीडन बिरोेधी संयुक्त राष्ट्रिय मोर्चाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र समेत बुझाएको छ ।

समानुपातिक समाबेसी, जातिय जनसंख्याको आधारमा समान प्रतिनिधित्वको व्यावस्था गर्नुपर्ने, पहिचान सहितको संघियता र लैङगिक समानता हुनुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएका छन् । बिभिन्न धार्मिक तथा जातिय संस्थाका प्रतिनिधीहरु द्धारा हस्ताक्षरित ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले उक्त मागपत्रलाई संबिधानसभा समक्ष पुर्याउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु