३० कार्तिक २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

छात्रवृत्ति वितरण

१२ भाद्र २०७२, शनिबार ०१:३७

प्रकाश धौलाकोटी/ भदौ १२, तेह्रथुम ।  जिल्लाको सुदाप गाउँ विकास समिति स्थित मच्छिन्द्र माविले शुक्रबार विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेकोे छ ।

विद्यालयले मावि दलित तर्फ ५ सयका दरले ३ जनालाई, आधारभुत तह दलित छात्रवृत्ति ४ सयका दरले ७ जनालाई, आधारभुत तह छात्रा छात्रवृत्ति ४ सयका दरले ४१ जनालाई, मावि तहका जेहनदार छात्रछात्रा ११ जनालाई १७ सयका दरले गरी जम्मा ४९ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कुलबहादुर बस्नेतले बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बस्नेतले विद्यालयको भौतिक, शैक्षिक, प्रतिवेदन सहित ४७ लाख रुपैयाँ बराबरको आयव्यय समेत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष टेकराज आंखेवा र शिक्षक अभिभावक संघका अध्यक्ष कुलबहादुर कार्कीले आफनो भनाइ राखे ।

कार्यक्रममा गत शैक्षिक शत्रमा जेहनदार, सरसफाइ र हाजिरीका अधारमा प्रथम, द्धितीय र तृतीय हुनेलाई स्टेशनरी पुरस्कार समेत प्रदान गरिएको शिक्षक सुजन आँखेवाले जानकारी दिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नइन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक पक्राउ सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार हसिना मुद्दाको विरोधमा अवामी लिगद्वारा आह्वान गरिएको ‘लकडाउन’ ले बङ्गलादेश ठप्प बालबालिकाको निःशुल्क मुटु परीक्षण प्रधानमन्त्री कार्कीद्वारा मतदाता नामावली दर्ताको समय थप्न आग्रह निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता गृहमन्त्री अर्याल र नेपालका लागि बेलायती राजदूतबीच शिष्टाचार भेट संसद् पुनस्र्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री डा गौतमको दुईमहिने कार्ययोजना बिहार राज्य चुनावमा प्रधानमन्त्री मोदीको गठबन्धन अगाडि विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी किएभमा ‘ठूलो’ रूसी आक्रमण, एकको मृत्यु, दर्जनौँ घाइते कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह पार्टी दर्ताबारे कुनै भ्रममा नपर्न संयोजक दाहालको आग्रह प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छः सञ्चारमन्त्री सुनचाँदीको मूल्यमा सामान्य गिरावट