८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङबासीलाई सेती नदीको धमीलो पानी खाने झन्झट हट्यो

२० असार २०७४, मंगलवार १०:३०

असार २०, बझाङ । विगत लामो समय देखी खानेपानीको समस्या झेल्दै आएका थलारा गाँउपालीका ९ खानी का स्थानीयहरुलाई अहिले खानेपानी समस्या बाट छुटकारा पाएका छन् । 

गाँउमा खानेपानी नहुँदा सेती नदीको धमीलो पानी पिउन बाध्य थियौ स्थानीय शेर बहादुर सुनारले बताए । 

उहाँले भन्नु भयो “ गाँउमा खानेपानीको निकै समस्या रहेका खानीमा अहिले निकै सजीलो भएको छ । गैर दलीत परिवारको नजीक खानेपानीको एउटै धारा थियो, विहान देखी बेलुका सम्म लाईनमा बस्नु पर्ने बमध्यता थियो । धेरै जस्ता दलीत परवारका सदस्यहरु लाईनमा बस्न नसकेर सेती नदीको धमीलो पानी पिउन बाध्य थियौ । 

उहाँले पुरानो कुरालाई स्मरण गर्दै भन्नु भयो ।” 

खानीको पिपल चौताराका दलीत परिवारलाई खानेपानीको निकै समस्या रहेको भरत बहादुर सुनारले बताए । उहाँका अनुसार केही समय पहिला खानेपानी का धारा थिए , तर तिनको पुन मर्मत नभएर सक्कीए । अनी खानेपानको चरम समस्या भयो । 

८२ बर्षिया धनसिहँ सुनारका अनुसार यस टोलका  सबै स्थानीयहरुले सधै जस्तो सेती नदीको धमीलो पानी पिउदै आएको बताए । तर अहिले यहाँ खानेपानीको निकै सुबिधा भएको उहाँको भनाई छ । एक गाग्रो पानी भर्न लाईनमा बस्नु परे झण्डै २ घण्टा कुर्नु पर्ने स्थिती सम्झदै सुनारले भन्नु भयो अहिले एक गाग्रो पानी भर्न ३ मिनेट पनि लाग्दैन निकै सुविधा भएको छ । सती नदीको धमीलो पानी पिउने झन्झट बाट समेत मुक्त भएको उहाँको भनाई छ ।  

खानेपानीको समस्या भएको समयमा बढी जस्तो बालबालीकाहरु विद्यालय नै छुट्ने गरेको धनलक्ष्मि सुनारलले बताउनु भयो । धारामा पानी भर्न घन्टौ कुर्नु पर्ने कीत सेती नदीको पानी ल्याउनु पर्ने , बढी जस्तो हामी जस्तो महिला र केटा केटीलाई समस्या हुने गरेको थियो , सुनारले भन्नु भयो कती दिन त मेरा नाती नातीनाको स्कुल नै छुटेको थियो । 

खानेपानीका लागी सेती नदी पठाउनु पर्ने त्यहाँ बाट आउन जान स साना केटा केटीहरुलाई ४५ मिनेट लागी हाल्थ्यो । अनी स्कुलनै छुट्ने । अनी नदीमा पानीका लगी पठाउदा केटा केटी बग्छन्की भन्ने ठुलो चिन्ता लाग्थ्यो उहाँले सुनाउनु भयो । 

अहिले घर नजीकै धारा छ । सजीलो भएको छ उहाँले भन्नु भयो न त लाईनमा बस्नु पर्छ नत पहिलाको जस्तो पानीको चिन्ता नै लाग्छ । 

३५ परिवारको बसोबास रहेको यस गाँउमा ग्रामीण जलश्रोत परियाजनाले ठुलो सहयोग गरेको यहाँका स्थानीयहरुले बताएका छन् । यस संस्थाले गर्दा आफुहरुले सफा पानी पिन पाएको यहाँका स्थानीयहरुले बताएका छन् । अहिले ३५ परिवार बसोबास गर्ने यस गाउमा ११ वटा धार निर्माण गरीएको र धारा पनी बाल मैत्रि भएका कारण बालबालीकाहरुलाई समेत निकै सजीलो भएको बताएका छन् । डीबी विष्टको सहयोगमा 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की