असार २२, बझाङ । थलारा गाँउपालीका ९ अफ्लाका स्थानीय बासिन्दालाई  खानेपानीका लागी घण्टौ हिड्नु पर्ने र लाईनमा बस्नु पर्ने झन्झट हटेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २२, बझाङ । थलारा गाँउपालीका ९ अफ्लाका स्थानीय बासिन्दालाई  खानेपानीका लागी घण्टौ हिड्नु पर्ने र लाईनमा बस्नु पर्ने झन्झट हटेको छ । 

२०८२, २२ चैत्र आईतवार
बझाङ्ग - BJN

बझाङबासि अब खानेपानीका लागी घण्टौ हिड्नु र लाइन लाग्नुपर्दैन

२०७४, २२ असार बिहीबार ०९:४२


असार २२, बझाङ । थलारा गाँउपालीका ९ अफ्लाका स्थानीय बासिन्दालाई  खानेपानीका लागी घण्टौ हिड्नु पर्ने र लाईनमा बस्नु पर्ने झन्झट हटेको छ । 

खानेपानीको समस्या झेल्दै आएका अफ्लाका झण्डै ६० परिवार अहिले खानेपानी समस्या बाट छुटकारा पाए पछि खुसि भएका छन् । केहि समय अघि यहाँका स्थानीय बासिन्दा खाली भन्ने ठाँउमा रहेको पधेराको पानीलाई पिउने गरेको स्थानीय चन्द्रकला विष्टले बताउनु भयो । 

गाँउमा ५ वटा धारा थियो विष्टले भन्नु भयो धारामा पानी न आउने गाँउको एउटा धारा खुला गरे अर्को धारामा पानी नआउने अर्को धारा खुला गरे अर्को धारा बन्द हुने यस्तो समस्याका कारण यहाँका सबै जनता खाली भन्ने ठाँउको पानी नै प्रयोग गर्ने गर्दथेउ । अहिले गाँउमा १३ वटा धारा छ । सबैै धारामा पानी आएको छ । एउटा धारामा दुई वटा टुटी लगाएको छ । दुबै धारा संगै चलाए पनि हुन्छ । पानीको अहिले गाँउमा कुनै समस्या नै छैन उहाँले भन्नु भयो । 

कालपाटा भन्ने ठाँउमा पानीको मुहान थियो । पहिला ट्याङ्की सानो भएका कारण खानेपानीको समस्या यहाँका स्थानीयहरुले झेल्नु परेको महिला स्वास्थ्य स्वयम् सेविका छन्चरी विष्टले बताईन् । बर्खाको समयमा त खानेपानीको समस्या अली कम  हुन्थ्यो तर हिउदमा भने निकै समस्या हुने गरेको थियो ।

उहाँले भन्नु भयो अहिले ग्रामिण जलस्रोत परियोजना नामक संस्थाले खानेपानी पुन मर्मत गरी दुई वटा ठुल ठुला  ट्याङ्कीहरु निर्माण गर्यो जसले गर्दा खानेपानीको कुनै समस्या नै भएको छैन । 

यस गाँउकी अगुवा महिला सिता भण्डारीका अनुसार यस संस्थाले गाँउमा खानेपानीको प्राप्त सुविधा दिएको प्रति खुःसि हुदै भन्नु भयो । 

पहिले धारामा पानी भर्न गए कित लाईनमा बस्नु पर्ने बाध्यतता थियो कीत  घण्टौ हिडेर खालीको पानी ल्यानु पर्ने स्थिती थियो ।  अहिले त्यस्तो छैन । खानेपानीको निकै सुविधार भएको छ । लाईनमा बस्नु पर्ने र घण्टौ हिड्नु पर्ने बाध्यता समेत हटेको छ । रमेश केसीको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते