८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका एलडीओ अनुगमनमै ब्यस्त, सेवाग्राही मर्कामा

२३ असार २०७४, शुक्रबार ०९:५२

असार २३, बझाङ । बझाङका एलडीओ अनुगमनमै ब्यस्त हुँदा सेवाग्राही मर्कामा परेका छन । 

आर्थिक वर्ष सकिनै लाग्दा स्थानिय विकास अधिकारी नारायण प्रसाद पाण्डे योजनाको अनुगमन गर्न जाँदा सेवाग्राही मर्कामा परेका छन । यसरी जिल्ला समन्वय समितिका प्रमुखले  नै निमित्त नदिएर योजना अनुगमनमा जाँदा सेवाग्राही मर्कामा परेका नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंहले बताए । जिल्लाको विकास निर्माणका लागि छुट्याएको रकम भुक्तानीका लागी दुर्गम गाउँबाट आएका सेवाग्राहीहरु समस्यामा परेको उनको भनाई छ । 

जिल्लामा विकास निर्माणका लागि छुट्याएको रकम भुक्तानीका लागी आएका सेवाग्राही एलडिओ नहुँदा  सदरमुकाममा बस्न बाध्य भएका छन । एलडिओ साब कार्यालयको निमित्त पनि नदिएर योजना तथा कार्यक्रमको अनुगमनमा जाने गर्नाले कार्यालयको काम प्रभावित भएको जिल्ला समन्वय समितिका एक कर्मचारीले बताए । उनले भने एलडिओ साबले एकातिर कार्यक्रमबाट भत्ता खाने र अर्कोतिर जिल्ला समन्वय समितिबाट भ्रमण आदेश भर्ने गरेको छ । 

स्थानिय विकास अधिकारी अनुगमनमै ब्यस्त भएका कारण भुक्तानी लिन ढिलासुस्ती भएको खप्तड छान्ना गाउँपालीकाका हिरेन्द्र रावल ले बताए । आजका लागी पाँचौ दिन बित्यो  अझै काम भएको छैन्, शुक्रबारको दिन पनि एलडिओ बिहानै अनुगमनमा जाँदा आजपनि भुक्तानी नभएको रावलको भनाइ छ । आर्थिक वर्षको अन्तिममा एलडीओ यसरी अनुगमनमा व्यस्त हुँदा दुर्गम गाउँपालिकाबाट आएको सेवाग्राही ले सास्ती भोग्नु परेको छ । -सुवास कठायतको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ