८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

एभरेष्ट गायन प्रतियोगिता सम्पन्न

२३ असार २०७४, शुक्रबार १२:२९

असार २३, बुटवल । एभरेष्ट इङलिस बोर्डिङ मा.वि.मा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले शुक्रबार गायन  प्रतियोगिता भएको छ । 

तीन चरणमा सम्पन्न भएको प्रतियोगितामा कक्षा ८ र ९ बाट एल्लो हाउसका कुशल सापकोटा प्रथम, एल्लो हाउसकै कृती अधिकारी द्वितीय, ग्रीन हाउसका सुशान्त पौडेलले तृतीय स्थान प्राप्त गरेका छन् । त्यसैगरी ६ र ७ बाट ब्लु हाउसका डेबिस क्षेत्री प्रथम, एल्लो हाउसकी सचिना पन्थी द्वितीय र रेड हाउसकी सुरुची रेग्मीले तृतीय स्थान प्राप्त गरेका छ ।

यस्तै कक्षा ४ र ५ तर्फ भने ग्रीन हाउसका अनमोल रेग्मी प्रथम, रेड हाउसका रुपेश शर्मा द्वितीय र ग्रीन हाउसकी भावना भुषालले तृतीय स्थान प्राप्त गरेका छन् ।

विद्यालयका सह–प्राचार्य भीमसेन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य कृष्ण न्यौपाने, वरिष्ठ सह–प्राचार्य माधवप्रसाद आचार्य, नृत्य शिक्षक रेनुका थापा, संगीत शिक्षक विशाल थापा लगायतले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्फुटन गराउन विद्यालयले यस्ता अवसरहरु निरन्तर प्रदान गर्दै जाने बताउनु भयो । साथै कक्षा नर्सरीदेखि ३ सम्म विभिन्न माध्यमबाट वस्तु चिन्ने प्रतियोगिता सम्पन्न भएको थियो । कार्यक्रमको संचालन छात्रा स्नेहा मल्ल र विपना भुषालले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ