डिवि विष्ट फागुन ७, बझाङ (चैनपुर) । श्रीमान श्रीमती विचको विबाद र भनाभन तथा झगडा लाई परालको आगो भन्ने गरीन्छ । तर बझाङ जिल्ला दौलीचौर गाविस वर्डा नम्बर ८ मा भने श्रीमान श्रीमती विचको सामान्य विबादका कारण श्रीमतीले विस सेवन गरी सिकीस्त हुनु भएको छ ।
आज बझाङ जिल्ला दौलीचौर गाविस वर्डा नम्बर ८ निबासि डबल बहादुर बहोरा की ३३ बर्षीया श्रीमती जग्गु बोहरा विच समान्य विबादका भ्उ पछि जग्गु देवि बोहराले विस सेवन गरेको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले बताउनु भयो ।
आज बेलुका ६ बजे तिर श्रीमान श्रीमती विच सामान्य विबाद भै श्रीमतीले विस सेवन गरे पछि स्थानीयहरुले जिल्ला प्रहरी कार्यलय लाई खबर गरेको र जिल्ला प्रहरी कार्यलयको टोलीले महीला लाई उपचारका लागी जिल्ला स्वास्थ्य कार्यलयमा राखीएको डिएसपि अधिकारीले बताउनु भयो । महीलाको जिल्ला स्वास्थ्य कार्यलयमा उपचार भै रहेको छ ।