डिवि विष्ट/ फागुन ७, बझाङ (चैनपुर) । घरमा आग लागीका कारण ४ बर्षीया बालकको मृत्यु भएको छ । बझाङ जिल्ला सुर्मा गाविस वर्डा न ४ बस्ने सरु बोहराका ४ बर्षीया बालक दीलु बोहरा को निसास्सियर मृत्यु भएको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दीनु भयो ।
घरमा कोही नभएको बेलामा घरको गोठमा दिलु बोहरा अरु २ जना बालक खेली रहेको र गोठमा स्याउला रहेको सो स्याउलामा बालकले आगो लगायको आगो लागे पछि संगै रहेका २ जना बालक उम्कीन सफल हुनु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
२ जना बालक उम्कीन सफल भए पनी ४ बर्षीया बालक दीलु बोहरा भने गोठमा नै निश्शासियर मृत्यु भएको डिएसपि अधिकारीले बताउनु भयो । आग लागीका कारण घरको एक कोठामा मात्र क्षेति भएको बताईएको छ ।