असार २४, म्याग्दी । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेमा कालीगण्डकी नदीले सडक बगाएपछि सिधा यातायात अवरुद्ध बनेको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार २४, म्याग्दी । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेमा कालीगण्डकी नदीले सडक बगाएपछि सिधा यातायात अवरुद्ध बनेको छ । 

"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

सडक बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध

२०७४, २४ असार शनिबार ०५:३६

असार २४, म्याग्दी । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेमा कालीगण्डकी नदीले सडक बगाएपछि सिधा यातायात अवरुद्ध बनेको छ । 

अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च भएपछि तीन वर्षअघि सडक विभागले निर्माण गरेको पक्की पर्खाल नदीले बगाएको हो । नदीले करिब २० मि सडक बगाएपछि बेनी–जोमसोम सडकमा दुई दिनदेखि सिधा यातायात अवरुद्ध बनेको अन्नपूर्ण गाउँपालिका–२ का वडा सदस्य बुद्धि पुनले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध बनेपछि म्याग्दीको उत्तरी भेगका साथै हिमाली जिल्ला मुस्ताङ जाने पर्यटक, तीर्थयात्री तथा सर्वसाधारण यात्रु् समस्यामा परेका छन् । 

सिधा यातायात अवरुद्ध बनेपछि यात्रुले सवारीसाधन परिवर्तन गरि यात्रा गर्नुपर्ने झन्झट भएको छ । बिहीबार साँझ नदी कटानले सडक बगाएको थियो । निरन्तरको वर्षाले कालीगण्डकीमा उर्लिएको बहावले क्षति पु¥याएको सडकलाई अस्थायी रुपमा मर्मत गरी खुलाउने प्रयास भइरहेको अन्नपूर्ण गाउँपालिका प्रमुख क्या डमबहादुर पुनले जानकारी दिनुभयो । 

अहिले कालीगण्डकीले कटान गरेका ठाउँमा अस्थायी रुपमा डोजरको सहायताले ठूला–ठूला ढुङ्गा राखेर नदीको बहाव रोकी एकतर्फी रुपमा भए पनि सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । 

सिधा सवारी सञ्चालन नहुँदा सयौँ यात्रु समस्यामा परेपछि सडकको अवस्थाबारे शुक्रबार प्रजिअ राजुप्रसाद पौडेललगायत सुरक्षा निकायका अधिकारीलेस्थलगत निरीक्षण गर्नुभयो ।

जिल्लास्थित सुरक्षा निकाय र गाउँपालिकाको पहलमा सडक विभागका डोजर तथा दानास्थित निर्माणाधीन सबस्टेसनका दुई र घलेम्दी हाइड्रोपावर प्रोजेक्टको एक टिपर कटान भएको सडकलाई अस्थायी रुपमा सञ्चालन गराउने कार्यमा परिचालन भएका छन् । 

सडक भत्किएपछि बेनी, पोखरा र काठमाडौँबाट मुस्ताङका लागि छुटेको सवारीसाधन भिरकाटेमै तथा जोमसोमबाट छुटेका जिप, बस तथा मालबाहक ट्रक पोखरेबगरमै रोकिएका छन् । आज साँझसम्म एकतर्फी रुपमा भए पनि सडक खुलाउने प्रयास भइरहेको सडक विभागका स्थानीय प्रतिनिधि इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । सो सडकमा जिप, बस तथा मालबाहक ट्रक गरी दैनिक २०० सवारीसाधन सञ्चालन हुँदै आएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते